मंसिर ६ सल्यान – नेपाली कांग्रेसको १४ औं अधिवेशन अन्तर्गत साेमबार देशभर एकैसाथ जिल्ला कार्यसमितिकाे अधिवेशन गर्ने केन्द्रीय निर्णय अनुसार सल्यानमा पनि मतदान प्रक्रिया सम्पन्न भएको छ ।

कुल मतदाता संख्या १२८० मध्ये १२२७ मात्र मत खसेकाे निर्वाचन अधिकृतकाे टिमले बताएको छ। मत गणना केही समय पछि बाट सुरु हुने बताएको छ।

नेपाली काँग्रेस सल्यानको सभापति उम्मेदवारमा केश बहादुर बिष्ट र धुर्वराज पुरी प्रतिस्पर्धामा छन। देउवा पक्षबाट बिष्ट र पौडेल पक्षबाट पुरी चुनावी मैदानमा छन।

प्रकाशित मिति : २०७८ मङ्सिर ६ गते सोमवार