मंसिर ६ सल्यान – नेपाली कांग्रेसको १४ औं अधिवेशन अन्तर्गत साेमबार देशभर एकैसाथ जिल्ला कार्यसमितिकाे निर्वाचन चलिरहेको छ। यता सल्यानमा मत आधा भन्दा बढी खसिसकाे छ।

सल्यानमा अहिले याे समाचार तयार पार्दा सम्म ७९५ मत खसिसकेकाे छ भने ४८५ मत खस्न बाँकी छ। जहाँ कुल मतदाता संख्या १२८० रहेकाे छ। नेपाली काँग्रेस सल्यानको सभापति उम्मेदवारमा केश बहादुर बिष्ट र धुर्वराज पुरीका प्रतिस्पर्धामा छन। देउवा पक्षबाट बिष्ट र पौडेल पक्षबाट पुरी चुनावी मैदानमा छन।

प्रकाशित मिति : २०७८ मङ्सिर ६ गते सोमवार