मंसिर ५ राेल्पा – नेपाली कांग्रेसको १४औं अधिवेशन अन्तर्गत रोल्पा जिल्लाको प्रदेश अधिवेशनमा अन्तर्गत क्षेत्र `क´ मा याे समाचार तयार पार्दा सम्म ३५९ मत खसेकाे छ। जहाँ कुल मत संख्या ५३३ रहेकाे छ।

उक्त क्षेत्रमा सभापति पदको लागि सिम बहादुर विष्ट र दुर्गा बहादुर खड्का चुनावी मैदानमा आएका छन। प्रदेश सभा क्षेत्र `क´ बाट सभापतिका दाबेदार बिष्ट जिल्ला सभापति दाबेदार किशाेर आचार्य प्यानलका हुन भने खडका जिल्ला सभापति दाबेदार मान बहादुर खत्री प्यानलका हुन।

प्रकाशित मिति : २०७८ मङ्सिर ५ गते आइतवार