मंसिर ५ राेल्पा – नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र राेल्पा अन्तर्गत सुनछहरी गाउँपालिका वडा न.१ सेरमकाे अध्यक्षमा धनिमान रोकामगर `धर्मेन्द्र´ सर्वसम्मतमा चयन भएका छन।
जनयुद्धकालका एक कुशल जनकलाकारका रुपमा परिचित थिए। २०६७ सालमा चौतारी युवा क्लब सेरमका अध्यक्ष भएका रोकामगर २०६९ सालमा एकीकृत नेकपा माओवादी मोहन वैद्य `किरण´ सङ्ग पार्टी विभाजन भए पछि वाइसीएलका तत्काल सेरम गाउँ विकास समितिका अध्यक्ष हुँदै २०७४ साल देखि पार्टीमा सक्रिय कार्यकर्ताको रुपमा काम गर्दै आएका थिए।
नेकपा माओवादी केन्द्र सेरमको अध्यक्ष पदमा रोकामगर निर्विरोध भए पछि खुशी व्यक्त गर्दै भन्नू भयो “सेरमाली जनताको लागि काम गर्ने र यहाँको पार्टी संगठनलाई बलियो बनाउदै सबैलाई मिलाएर अगाडि लैजाने” बताउनु भयो।
वडा कमिटीमा अधिकांश युवा निर्वाचित भएका छ्न। उपाध्यक्षमा कृष्ण परियार,सचिव तासबहादुर थकाली,सहसचिव खुमबहादुर घर्तीमगर र कोषाध्यक्ष पुस्ती बिक लगाएत २९ सदस्यीय वडा कमिटी चयन भएका छन।