मंसिर ५ राेल्पा – नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र रोल्पा जिल्ला अन्तर्गतका परिवर्तन गाउँपालिका बाहेक अन्य नौ वटा स्थानिय तहहरुका वडा सम्मेलन सम्पन भएको छ ।

शनिबार देशभर एकैसाथ वडा सम्मेलन गर्ने पार्टीको केन्द्रीय निर्णय तालिका सम्पन्न भएका सबै वडामा सर्वसम्मत नेतृत्व चयन भएको छ । तर परिवर्तन गाउँपालिकामा भने गत बिहीबार भएकाे बस दुर्घटनामा मृत्यु तथा घाइते मध्ये प्राय उक्त पालिकाका स्थानियहरु रहेकाले अलि अस्तव्यस्त हुदा त्यहाकाे १० वा ११ गते मात्रै गरिने नेकपा माओवादी केन्द्र रोल्पाले जनाएको छ।
आगामी ११ गते नगर र गाउँपालिका, २५ गते प्रदेश र पुस ११ देखि १३ गते केन्द्रीय सम्मेलन गर्ने निर्णय केन्द्रीय समितिले तय गरेकाे छ।

प्रकाशित मिति : २०७८ मङ्सिर ५ गते आइतवार