मंसिर ४ रोल्पा – जिल्लाकाे सुनछहरी गाउँपालिकामा नेकपा माओवादी केन्द्रको प्रथम सम्मेलनबाट सबै वडा कमिटी निर्विरोध चयन भएका छ्न।

नयाँ क्रान्ति विचार र नयाँ क्रान्ति पार्टी निर्माण गरौं भन्ने मुल नाराका साथ सुनछहरी गाउँपालिकाको सात वटै वडामा सम्मेलन सम्पन्न भएको छ। उक्त सम्मेलनबाट निर्विरोध वडा कमिटीहरु गठन भएका छ्न।

गाउँपालिकाको १ नम्बर वडा सेरममा धनिमान रोका मगर “धर्मेन्द्र”को अध्यक्षतामा २९ सदस्यीय वडा कमिटी, वडा नम्बर २ भित्रीगामको कृष्ण बहादुर घर्तीमगरको अध्यक्षतामा २९ सदस्यीय वडा कमिटी, वडा नम्बर ३ बाहिरीगाममा उदबिर घर्तीमगरको अध्यक्षता २९ सदस्यीय, वडा कमिटी वडा नम्बर ४ स्युरीमा जगबहादुर बिकको अध्यक्षतामा २९ सदस्यीय वडा कमिटी, वडा नम्बर ५ जैमाकसलामा दुर्गाबहादुर बुढाथोकीको अध्यक्षतामा २९ सदस्यीय वडा कमिटी, वडा नम्बर ६ फगाममा ओबिलाल पुनको अध्यक्षतामा २९ जनाको वडा कमिटी र वडा नम्बर ७ जेलबाङमा राजेन्द्र रोकामगर `दिपक´ को अध्यक्षतामा २९ सदस्यीय वडा कमिटी निर्विरोध चयन भएकाे गाउँपालिका सचिव अमरजित पुनले बताउनु भयो।

वडा सम्मेलनमा नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश सदस्य तथा गाउँपालिका अध्यक्ष आशबहादुर पुन “रक्तीम”,नेकपा माओवादी केन्द्र सुनछ्हरी गाउँपालिका अध्यक्ष धनबहादुर पुन “कृतिमान”, सचिव अमरजित पुन,जिल्ला र पालिका सदस्यहरुले गाउँपालिका भित्रका वडा सम्मेलनलाई सम्बोधन गरेका थिए।

वडा नम्बर २ भित्रीगामको वडा सम्मेलनलाई सम्बोधन गर्ने क्रममा पार्टीको लुम्बिनी प्रदेश सदस्य तथा गाउँपालिका इन्चार्ज आशबहादुर पुनले भन्नू भयो “देश र जनताको सेवा गर्ने राष्ट्रियवादी नेताको उदाहरण दिन नेता कार्यकर्ताहरुलाई अनुरोध गर्नु भएको छ।साथै उहाँले भन्नू भयो “समाजको बिकासमा एकताबद्ध हुने र सांगठनिक रुपले पनि एकताबद्ध हुन अपिल गर्नु भयो।”

प्रकाशित मिति : २०७८ मङ्सिर ४ गते शनिवार