कार्तिक २८ राेल्पा – योङ कम्युनिस्ट लिग ( वाइसीएल ) नेपाल सुनछहरी गाउँपालिकाको प्रथम सम्मेलन शनिबार गाउँपालिका केन्द्र पोबाङमा सम्पन्न भएको छ।

नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश सदस्य तथा सुनछहरी गाउँपालिका पार्टी इन्चार्ज आशबहादुर पुनको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेकपा माओवादी केन्द्र सुनछहरी गाउँपालिका पार्टी अध्यक्ष धनबहादुर पुनमगर,वाइसीएल नेपाल केन्द्रिय सदस्य रितमान पुन अग्रिम,गाउँपालिका सदस्य बिष्णु सन्यास,अखिल क्रान्तिकारी बिद्यार्थी संगठन जिल्ला सचिव उमेश पुनमगर लगाएतको आतिथ्यता रहेको थियो।

उक्त सम्मेलनबाट मनबहादुर बिकको अध्यक्षतामा ३५ सदस्यीय कार्यसमिति गठन गरिएको छ। जसको उपाध्यक्षमा बिराज बुढाथोकी र भागिमन बिक सचिव दिलप्रसाद घर्तीमगर,सहसचिवहरु बिक्की पुनमगर,सुरेश बिक,आधारशिला पुनमगर,बिजय पुनमगर ,कोषाध्यक्ष जुनकुमारी पुनमगर लगाएत निर्विरोध चयन भएका छन् ।

निर्वाचित पदाधिकारीहरुलाई बधाई ,शुभकामना तथा प्रशिक्षण मन्तव्य तथाको क्रममा वाइसीएल स्थापना देखि अहिलेसम्मको गतिविधिबारेमा कार्यक्रममा बोल्ने अतिथिहरुले जानकारी गराएका थिए।

रामकुमार पुनको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको अध्यक्षता मनबहादुर बिकको रहेको थियो भने संचालन वाइसीएल रोल्पा जिल्ला सदस्य दलबहादुर गुरुङले गर्नु भएको थियो।

प्रकाशित मिति : २०७८ कार्तिक २८ गते आइतवार