असोज २६ रोल्पा – नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र रोल्पाले त्रिवेणी गाउँपालिका वडा न. २ नुवागाउमा दशै विशेष शुभकामना आदान प्रदान साथै पार्टी परित्याग गरि आउने नयाँ प्रवेशीलाई स्वागत कार्यक्रम सम्पन्न गरेको छ।

उक्त कार्यक्रममा नेकपा माओवादी केन्द्रका रोल्पा जिल्ला इन्चार्ज तथा प्रदेश न. ५ का प्रदेश सभा सदस्य दिपेन्द्र पुन (सिजल) माओवादी केन्द्रका प्रदेश सदस्य भक्त बहादुर घर्ति (नवीन), गङ्गा प्रसाद घर्ती (सुर्य), रेसम पुन( चट्याङ) लगाएका नेताहरु उपस्थित हुनुभएको थियो।

कार्यक्रममा नेकपा एमाले जिल्ला कमिति सदस्य तथा पुर्व गाबिस अध्यक्ष सान्तराज बोहरा ,जिल्ला कमिटी सदस्य तेकबहदुर घर्ती ,ङनमानसिङ बुढा ,भक्त रोका,चन्द्र बहादुर बस्नेत सन्तोश रोका लगाएतका दर्जनौ कार्यकर्ताले नेकपा एमाले परित्याग गरि माओवादी केन्द्रमा प्रवेश गरेका छन्।
कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य सिजलले सम्पुर्णमा बडादशै को सुभकामना व्यक्तगर्दै पार्टी परित्याग गरि आउने नयाँ सम्पुर्ण ब्यक्तिहरुलाई कुनै पनि लोभ लालज र स्वार्थमा नलागी जनताकाे जनमुखी काम गर्न आग्रह गरेका छन।

त्यस्तै नव प्रवेशी सान्तराज बोहोराले खुशीका साथ पार्टी प्रवेश गर्दै ३२ वर्ष सम्ममा गरेको पार्टीमा लगानी त्यागेर पनि नयाँ पार्टीमा प्रवेश गर्दा १७ वर्षको युवामा भएको जस्तो जोस जागरका साथ जनताकाे जनमुखी काम गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन। कार्यक्रमको सहजीकरण पार्टीका वदा सचिब दान बहादुर घर्तिले गरेका थिए।

प्रकाशित मिति : २०७८ असोज २६ गते मङ्गलवार