असाेज १३ प्युठान – नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल स्वर्गद्वारी नगर कमिटीकाे दाेस्राे अधिवेशन सम्पन्न भएको छ।

मङगलबार सम्पन्न अधिवेशनबाट टेकेन्द्र खडकालाई अध्यक्ष चयन गरि ६१ सदस्यीय नगर कमिटी गठन भएकाे छ। कार्यक्रममा लुम्बिनी प्रदेश कमिटी सदस्य तथा जिल्ला अध्यक्ष तुल्सीराम शर्माको प्रमुख आतिथ्यता रहेको थियाे । विशिष्ट अतिथि प्रदेश कमिटी सदस्य विजय विराज विष्ट, राष्ट्रिय युवा संघ नेपालको स्थायी कमिटी सदस्य माधव ओली, केन्द्रीय सदस्य तथा जिल्ला संयोजक विशेक थापा, केन्द्रीय सदस्यहरु विजय कोइराला र वसन्त बुढा मगरको उपस्थितिमा कार्यक्रम सम्पन्न गरिएकाे थियाे।

प्रकाशित मिति : २०७८ असोज १३ गते बुधवार