असोज ९ रोल्पा – नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत रोल्पाका सबै पालिकाहरुका सर्बसम्मत रुपमा नेतृत्व चयन गरिएको छ ।
काँग्रेस रोल्पाका जिल्ला सभापति अमरसिंह पुनका अनुसार जिल्लाको एक नगरपालिका र नौं वटा गाउँपालिका गरि कुल सबै दशवटै पालिकाहरुमा सर्वसम्मत रुपमा नेतृत्व चयन गरिएको छ । जिल्ला सभापति पुनले रोल्पा नगरपालिकाको सभापतिमा चन्दप्रकाश आचार्यसहित सम्पूर्ण पदाधिकारी सर्वसम्मत रुपमा चयन भएको बताए ।
त्यस्तै गाउँपालिकाहरु सुनछहरीको सभापतिमा कोमबहादुर बुढा मगर, सुनिलसमृतिको सभापतिमा आशिष गिरी, गंगादेवको सभापतिमा मिनबहादुर खड्का, माडीको सभातिमा नवराज डाँगी, परिवर्तन गाउँपालिकाको सभापतिमा खड्कबहादुर घर्ती मगर, थबाङको सभापतिमा खरिलाल डाँगी, त्रिवेणीको सभापतिमा दुर्याेधन राना, रुन्टीगढीको सभापतिमा जनक पुन र लुङ्ग्री गाउँपालिकाको सभापतिमा जनक खड्का सर्वसम्मत रुपमा चयन गरिएका हुन ।

प्रकाशित मिति : २०७८ असोज ९ गते शनिवार