भदौ २० दैलेख – गाउँ देखि केन्द्र सम्म पुराना र बुढापाकाहरु नेतृत्वमा जान तछाड मछाड गरिरहेका बेला दैलेखमा भने अहिले सम्मकै कान्छी सभापतिकाे रुपमा किशोरी निर्वाचित भएकि छन।

सत्तारुढ नेपाली कांग्रेसले एक १९ वर्षीया किशोरीलाई वडा समिति सभापतिमा निर्वाचित गरेको छ । शुक्रबार भएको वडा अधिवेशनमा दैलेखको दुल्लु नगरपालिका वडा नम्बर ३ मा १९ वर्षीया स्वस्तिका महत सभापतिमा निर्वाचित भएकी हुन् ।

स्वस्तिकाकाे पारिवारिक पृष्ठभूमि काँग्रेस भएकाे हुदा उनले त्यहि बाटाे पच्छयाउदै आएकि छन। नेपाली कांग्रेस दैलेखका तत्कालीन जिल्ला कार्यसमिति सदस्य रहेका उनका बुवा स्वर्गीय नेता भुपेन्द्र महतकी छोरी हुन् । कांग्रेसले उनलाई सर्वसम्मतले वडा सभापति बनाएको हाे।

उनका बुवा भुपेन्द्रजंग महतको २०७६ कात्तिकमा डेंगु संक्रमणका कारण निधन भएको थियो।

प्रकाशित मिति : २०७८ भाद्र २० गते आइतवार