बैशाख १९ बुटवल – लुम्बिनी प्रदेशमा पुनः शंकर पाेखरेल मुख्य मन्त्री बनेका छन। प्रदेश प्रमुख धर्मनाथ यादवले उनलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्।

पोखरेलले आइतबार बिहान राजीनामा दिएपछि बसेको एमाले संसदीय दलको बैठकले पोखरेलको नेतृत्वमा एकल बहुमतको सरकार बनाउने निर्णय गरेको थियो। एमाले लुम्बिनी प्रदेश संसदीय दलका नेता पोखरेललाई नेपालको संविधानको धारा १६८ को उपधारा (१) बमोजिम मुख्यमन्त्री पदमा नियुक्त गरिएको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता चिरञ्जिवी पौडेलले द्वारा हस्ताक्षर विज्ञप्तिमा उल्लेख छ।

जनहितमा जारी सन्देश

यसैबीच एमालेबाट प्रत्यक्ष निर्वाचित तीन सांसदले राजिनामा दिएका छन। उनीहरुले राजीनामा पत्रमा पछिल्लो राजनैतिक परिस्थिति हेर्दा असन्तुष्ट भएको भन्दै राजीनामा दिएको उल्लेख गरेका छन् । राजिनामा दिनेहरुमा कपिलवस्तु १(क) बाट निर्वाचित दुगनारायण पाण्डेय, कपिलवस्तु १(ख) बाट निर्वाचित धर्मबहादुरलाल श्रीवास्तव र नवलपरासी पश्चिम बाट निर्वाचित अजय शाही छन।

प्रकाशित मिति : २०७८ बैशाख १९ गते आइतवार