बैशाख १३ राेल्पा – नेपाल कम्युनिष्ट पार्टी माओवादि केन्द्र त्रिवेणी गाउँपालिकामा पार्टी कमिटीको प्रथम विस्तारित बैठक तथा प्रशिक्षण कार्यक्रम सोमवार त्रिवेणीमा सम्पन्न भएको छ ।

बैठकमा त्रिवेणी गाउँपालिका कमिटी अध्यक्ष शेरसिंङ बन्दिपुरेको अध्यक्षता सुरुभएको कार्यक्रममा प्रमुख अथिति नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा रोल्पा जिल्ला इन्चार्ज दिपेन्द्र पुन (सिजल) अथितिहरुमा क्षेत्र नं. २ का इन्चार्ज बिर बहादुर खत्री , माओवादी केन्द्रको पूर्व डि.सि.एस. रेशम पुन (चट्याङ ), माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटी सदस्य भक्त बहादुर घर्ती (नविन) त्रिवेणी गाउँपालिका इन्चार्ज गंगा प्रशाद घर्ती (सुर्य) ,त्रिवेणी गाउँपालिका सह-इन्चार्ज टोपबहादुर डागिँ (साईन्स ), अखिल क्रान्तिकारका केन्द्रिय सदस्य तथा रोल्पा जिल्ला इन्चार्ज सुमित राणा मगर , जिल्ला कमिटी सदस्य लालसरी घर्ती लगाएतको त्रिवेणी गाउँ पालिका भित्रका ८३ जनाको उपस्थितमा कार्यक्रम सम्पन्न भएको छ ।

उक्त प्रथम विस्तारित बैठक तथा प्रशिक्षण कार्यक्रमको सहजिकरण त्रिवेणी गाउँपालिका कमिटी सचिव खेमवावु राजा डि.सीले गर्नुभएको थियोे । बैठकले गाउँपालिका भित्रका तिनवटा वडामा जिम्मेवारी तोकिएको छ भने बाकि वडामा पनि गाउँ कमिटीले छिटै टुङगाे लगाउने बताएको छ। वडा नं. १ को इन्चार्जमा इन्द्रबहादुर वुढा ( अर्जुन) ,सह-इन्चार्जमा राम भक्त घर्ती ,अध्यक्षमा इन्द्रबहादुर वुढा (अजय) सचिवमा खड्गबहादुर वि.क. (ज्वाला ) वडा नं. ३ को इन्चार्जमा तिला वली, सह-इन्चार्जमा भुपेस पुन ,अध्यक्षमा शकंर घर्ती सचिवमा प्रेम प्रकाश डागी ,वडा नं. ५ इन्चार्जमा टेकराज पुन अध्यक्षमा राम भक्त पुन, सचिवमा ज्योति घर्ती , वडा नं. ६ इन्चार्जमा मनराज पुन , अध्यक्षमा नेपबहादुर पुन , सचिवमा विरबल राणा र वडा नं. ७ इन्चार्जमा गणेश परियार (बादल) ,अध्यक्षमा अमबहादुर डागी , सचिवमा भुपेन्द्र बहादुर चन्दलाई जिम्मेवारी तोकिएको छ ।

प्रकाशित मिति : २०७८ बैशाख १३ गते सोमवार