जेनजी आन्दोलनले नेपाली राजनीतिमा युवापुस्ताको गहिरो असन्तुष्टि र परिवर्तनको चाहना स्पष्ट रूपमा उजागर गरिसकेको अवस्थामा नेकपा (एमाले) जस्तो प्रमुख दलले आत्मसमीक्षा गर्न नसकेको आरोप लगाउँदै सल्यानमा एमालेबाट २०७४ काे स्थानीय तह निर्वाचनमा वडा अध्यक्षकाे उम्मेदवार बनेका एक जनाले पार्टी सदस्यता परित्यागको घोषणा गरेका छन्।
सल्यानकाे बागचौर नगरपालिका -१ का भिम बहादुर बस्नेतले एमाले नेतृत्व विचारभन्दा सत्तालाई प्राथमिकता दिने, गुटबन्दीमा अल्झिने र युवाको आवाजलाई बेवास्ता गर्ने कमजोर अवस्थामा पुगेको उल्लेख गर्दै साधारण सदस्यका रूपमा पनि पार्टीभित्र बसिरहन वैचारिक रूपमा असमर्थ भएको जनाउँदै एमाले परित्याग गरि नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेको बताएका छन। उनी २०७४ काे स्थानीय तह निर्वाचनमा बागचौर नगरपालिका १ मा एमाले तर्फबाट वडा अध्यक्षकाे उम्मेदवार भई मतपरिणाम अनुसार उनी उपविजेता भएका थिए। उनलाई नेपाली कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य तथा बागचौर नगर इन्चार्ज तिलक मल्लले पार्टी प्रवेश गराएका थिए।
नेपाली कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध, संगठित र जनमुखी दिशामा अघि बढाउन आवश्यक रहेको उल्लेख छ। विभाजित कम्युनिष्ट शक्तिलाई एकतामा बाँधेर जेनजी आन्दोलनको चेतनालाई राजनीतिक दिशामा रूपान्तरण गर्नुपर्नेमा अवस्थामा नेपाली कम्युनिष्ट पार्टी र क. प्रचण्ड को वर्तमान भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै संगठित कम्युनिष्ट आन्दोलनमा सहभागी भई जनताको पक्षमा उभिने प्रतिबद्धता व्यक्त गरेका छन।