आसन्न राष्ट्रिय सभा निर्वाचनका लागि लुम्बिनी प्रदेशमा आकांक्षीको संख्या उल्लेख्य देखिएको छ। प्रदेशका १२ जिल्लाबाट तीन सिटका लागि १०४ जनाको नाम सिफारिस भई प्रदेश समितिले रायसहित केन्द्रीय कार्यालयमा पठाएको छ।
प्रदेश कार्यालयका अनुसार सबैभन्दा धेरै नाम रुपन्देही जिल्लाबाट सिफारिस भएका छन्। रुपन्देहीबाट २४ जनाको नाम सिफारिस भएको हो। त्यस्तै, बाँकेबाट १८ जना, दाङबाट १३ जना, पाल्पाबाट १० जना, प्युठानबाट ९ जना, कपिलवस्तु र पश्चिम नवलपरासीबाट ८/८ जना सिफारिस भएका छन्। बर्दिया, गुल्मी र अर्घाखाँचीबाट भने तीन/तीन जनाको नाम सिफारिस भएको छ। सबैभन्दा कम सिफारिस पूर्वी रुकुम र रोल्पाबाट आएको छ।
प्रदेशका २६ निर्वाचन क्षेत्रमध्ये राष्ट्रिय सभाका लागि सबैभन्दा धेरै सिफारिस बाँके निर्वाचन क्षेत्र नम्बर २ बाट भएको प्रदेश कार्यालयले जनाएको छ।
कांग्रेस लुम्बिनी प्रदेश सभापति अमर सिंह पुनले जिल्लाबाट आएका राष्ट्रिय सभा उम्मेदवारका नामहरू प्रदेश समितिको बैठकले रायसहित केन्द्रमा पठाएको जानकारी दिए। उनका अनुसार लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभामा तीन जना उम्मेदवार चयन हुनेछन्। त्यसका लागि जिल्लाबाट आएका सबै नामहरूमा उम्मेदवारको राजनीतिक पृष्ठभूमि र आवश्यक मापदण्डका आधारमा प्रदेश समितिले राय समेटेर केन्द्रमा पठाइएको हो। अन्तिम उम्मेदवार छनोट केन्द्रले गर्नेछ।
जिल्लाअनुसार सिफारिस भएका उम्मेदवारहरू
पूर्वी रुकुम:
केशरमान रोका (खुला), प्रकाश केसी (अपाङ्ग)
रोल्पा:
माधवप्रसाद आचार्य, झक्कुप्रसाद घर्ती
अर्घाखाँची:
डा. रामबहादुर बीसी, पीताम्बर भुसाल, बालकृष्ण पाण्डे
दाङ:
बाँसुदेव जङ्गली, गिरिजादेवी न्यौपाने, विरशेषरी गौतम, श्याम रेग्मी, मोहनलाल वली, नन्दकुमार शर्मा, गेहेन्द्र गिरी, जगतबहादुर खड्का, शङ्कर गिरी, बुद्धिराम भण्डारी, कृष्णकुमार गिरी, देवा डाँगी, गणेशबहादुर खत्री, अर्जुन गिरी
प्युठान:
दिवाकर गौतम, मुक्तिनाथ शर्मा, ईश्वर सिंह विष्ट, भगतसिंह विष्ट, सन्त श्रेष्ठ, तिलक विष्ट (विक), कमल प्रोखेल, खगेश्वर थापा, मानबहादुर वली
पाल्पा:
शोभा शाक्य, अम्बिका पौडेल, हरिप्रसाद नेपाल, महेन्द्र पाण्डेय, विधानप्रसाद श्रेष्ठ, देवराज ढकाल, यमलाल तिमिल्सिना, माधव नेपाल, दानबहादुर पछाइ, शुक्रराज भण्डारी
कपिलवस्तु:
राजेश आचार्य, सुमित्रा शर्मा, गुणलक्ष्मी ज्ञवाली, सुर्खेत आलम खाँ, छविलाल नेपाली, शोहरत तेली, जहिरुल हसान खाँ, दीपेन्द्रनाथ शुक्ला
बाँके:
बलराम शर्मा, लुटबहादुर खत्री, रामचन्द्र मैया, निरजन सिजापति, अमृतकुमार आचार्य, पुष्पा सुक्ला, मेराज असहमत हल्वाई, सितादेवी काफ्ले, वन्दना सिंह, नारायणी रुपाखेती, धुव्रप्रसाद दाहाल, बालकृष्ण सुवेदी, कृष्णमान श्रेष्ठ, हरिभक्त उप्रेती, केशवकुमार शाह, जगम्वाद पाठक, हरिप्रसाद ढुङ्गाना, शेरबहादुर गुरुङ
रुपन्देही:
जमुनदेवी ताम्रकार, सोमनाथ शर्मा, रामबहादुर कार्की, जगत् गिरी, मोहनराज शर्मा, शक्तिप्रसन्न गिरी, बुद्धिराम हरिजन, गोपाल पाण्डेय, दलबहादुर विश्वकर्मा, पारसनाथ योगी, टेककुमारी श्रेष्ठ, रुपा पुन, मीननाथ शर्मा, होमबहादुर देवकोटा, चित्रबहादुर वर्मा, रामनारायण यादव, शेषमान यादव, सञ्जय चौधरी, सुर्यमति उपाध्याय, नारायणप्रसाद पन्त, भीमप्रसाद न्यौपाने, मोहन सरदार, तौलन मुसलमान, कृष्णकुमारी पोख्रेल भट्टराई
गुल्मी:
राजनप्रसाद पन्त, चन्द्रबहादुर केसी, त्रैलोक्यप्रताप सेन
नवलपरासी (पश्चिम):
भिमलाल न्यौपाने, पित्तम सिंह, बदरुल खाँ, अर्जुनकुमार पोख्रेल, रामचन्द्र मोरिया, लक्ष्मी पौडेल, चन्द्रा अधिकारी, अयोध्याप्रसाद यादव
बर्दिया:
अरुणप्रकाश सिंहराठौर, जावेद खातुन जागा, महेन्द्रराज तिवारी