पुस ०१, सल्यान – सल्यानको बागचौर नगरपालिका वडा नं. २, थारमारेमा रहेको जनकल्याण क्याम्पसको संचालक समितिको लागि निर्वाचन हुने भएको छ ।

जसमा नेपाली कम्युनिस्ट र एमालेले गठबन्धन गरेको छ भने नेपाली काङ्ग्रेस एक्लै चुनाव लड्ने भएको छ ।

गठबन्धन (नेपाली कम्युनिस्ट-एमाले) तर्फबाट अध्यक्षमा घनस्याम शर्मा रहेका छन भने सदस्यहरु एकराज वली, कृष्ण कुमार खड्का, जनक विक, प्रेम बहादुर खत्री, भिम बहादुर डि.सी. (क्र.सं. ४६), प्रताप शर्मा, सुरेश वली, शोभाराम भण्डारी, कमला कुमारी बुढाथोकी रहेका छन ।

त्यस्तै काङ्ग्रेसबाट अध्यक्षमा प्रेम बहादुर के.सी. रहेका छन भने सदस्यहरुमा खुमराज वली, देवराज गिरी, देव बहादुर डाँगी, पूर्ण बहादुर चन्द ठकुरी, भीम बहादुर डि.सी. (क्र.सं.६५), कल्पना डि.सी. रहेका छन ।

जनकल्याण क्याम्पस निर्वाचन समितिको कार्यतालिका अनुसार पुस १ गते उम्मेदवारी दर्ताको लागि तोके बमोजिम आज उम्मेदवारी दर्ता भएको छ भने पुस ४ गते मतदान हुने निर्वाचन समिति संयोजक निर्मला बोहराले जानकारी दिएकी छिन।

प्रकाशित मिति : २०८२ पुष १ गते मङ्गलवार