फागुन २० राेल्पा – नेपाल राष्ट्रिय दलित मुक्ति सङगठन गंगादेव गाउपालिका रोल्पाको भेला सानडाँडा रोल्पामा सम्पन्न भएको छ।

गाउकार्यपालिका सदस्य खुसल सिंह बिकको अध्यक्षतामा भएको भेलामा नेपाल कम्युनिस्ट पार्टी नेकपा लुम्बिनी प्रदेश कमिटी सदस्य एवम् गंगादेव गाउपालिका अध्यक्ष वीर बहादुर खत्रीको प्रमुख आतिथ्यता रहेको थियो भने नेपाल राष्ट्रिय दलित मुक्ति सङगठका केन्द्रिय सदस्य एवम् रोल्पा सह- सयोजक झक्कु प्रसद परियारको बिशिस्ट आतिथ्यता रहेको थियो ।

कार्यक्रम नेकपा रोल्पा जिल्ला कमिटी सदस्य टङ्क बहादुर वली,अनेरास्ववियू रोल्पाका का.बा सयोजक अशोक वली परिवर्तन ,गाउँ कमिटी सदस्यहरु भुपाल दमाई,रमेश कुमार बिक,टीका बिक,पान कलि बिक,दिपेश बिक,दलित महिला सदस्यहरु केसरी दमाइ,रितु परियार ,खरसरा दमाई,लगाएत वडा कमिटी, टोल कमिटीका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।

उक्त भेलाले खुसल सिङ बिकको अध्यक्षतामा ३९ सदस्य गाउपालिका तदर्थ समिति गठन गरेको छ। जस्को उपाध्यक्षमा टीका बिक,सचिव दिपेश बिक,सह- सचीवमा धनबिर बिक,कोषाध्यक्षमा पान कलि बिक रहनु भएको छ । कार्यक्रमका प्रमुख अतिथि वीर बहादुर खत्रीले दश वर्षे जनयुद्धले जातिय छुवाछूत, भेदभावमा ठूलो परिवर्तन ल्याएको बताउनु भएको छ । उहाले नेपालकाे संविधान २०७२ ले समावेशी,समानुपातिक,आरक्षणको कोटा सहितको अधिकार सुनिश्चित गरेकाले त्यसको कार्यान्वयनमा सबै जिम्मेवार बन्नु पर्ने कुरामा जोड दिनु भएको छ ।

कार्यक्रममा विशिष्ट अतिथि झक्कु प्रसाद परियारले दलितहरुले आफ्नो पेसालाई खलोप्रथा हटायर ज्यालादारी कायम गर्नु पर्ने बताउनु भएको छ। अनेरास्ववियू रोल्पाका का.बा सयोजक अशोक वली परिवर्तनले स्थानीय तहको चुनावमा दलितबाट उम्मेदवार खोज्न पर्ने स्थिति रहेको र अहिले दलित समुदायको नेतृत्व विकास सकारात्मक भएको बताउनु भएको छ। गाउँ कमिटी सदस्य भुपाल दमाइले गंगादेवमा अझै छुवाछूत कायम रहेकाले न्यूनीकरण गर्नु पर्ने कुरा जोड दिनु भएको छ । उक्त कार्यक्रमको सन्चालन नेकपा गाउँ कमिटी सदस्य रमेश कुमार बिकले गर्नु भएको थियोे भने ७ वटै वडामा कमिटी बिस्तार गरिने नवगठित सङगठका अध्यक्ष खुसल सिङ बिकले जानकारी दिनु भएको छ।

प्रकाशित मिति : २०७७ फाल्गुन २० गते बिहिवार