घोराही उपमहानगरपालिका वडा नं ८ का अध्यक्ष जितेन्द्र शाहको राजिनामा स्वीकृत भएको छ ।

वडाध्यक्ष शाहले वडामा विकासका लागि आवश्यक बजेट नदिएको भन्दै मेयर नरूलाल चौधरीको चर्को आलोचना गरेका थिए। त्यतिखेर उनले पार्टीबाट राजिनामा दिएको घोषणा समेत गरेका थिए। उनी जनप्रिय जनप्रतिनिधिकाे रुपमा चिनिन्छन। उनले रातदिन नागरिकको गुनासो सम्बाेधन गर्दै तत्काल फिल्डमा आफै खटिएर काम गर्ने गरेका छन। पछिल्लो समय उनकाे काम देखेर आगामी निर्वाचनमा नगर प्रमुखको रुपमा शाहलाई स्थानीयले देख्न चाहेको र नगर प्रमुखको तयारी गर्न स्थानीयले सुझाव दिइरहेका छन।

शाहले २०८० असार ११ गते नगरप्रमुख नरूलाल चाैधरी समक्ष राजिनामा बुझाएका थिए । दुई वर्ष देखि विचाराधीन जस्तै रहेको शाहकाे राजिनामा हिजाे स्वीकृत भएकाे भन्दै आज रहेकाे कार्यपालिका बैठकमा गएका वडा अध्यक्ष शाहलाई नगर प्रमुख चौधरीले प्रवेश गर्न राेक लगाएका हुन।

वडा अध्यक्ष शाहकाे राजिनामा स्वीकृत गरि आजको कार्यपालिका बैठकले शाहको राजिनामा स्वीकृतलाई अनुमोदन गरेर वडाकाे कार्यबाहक अध्यक्षको जिम्मेवारी चुडामणी चौधरीलाई दिइएको नगर प्रमुख चौधरीले बताए।

आफु कार्यपालिका बैठकमा सहभागी हुदा नगर प्रमुख चौधरीले रिसाएर आउट भनेपछि धन्यवाद भन्दै फर्केको भन्दै वडा अध्यक्ष शाह भन्छन: `कार्यपालिकाको बैठक ७ बजे थियो म बिहान ५ बजे घोराही १५ मा रहेको तरकारी बजार पुगेर त्यहाँको समस्या बुझे अनि कार्यपालिकाको बैठकमा भित्र बस्न खोज्दा नगर प्रमुख ज्यू ले रिसायर बस्न पाउनुन आउट भन्नु भयो मैले सोधे किन मेयरसाब, तपाईको २०८०/३/ ११ गते दियको राजिनामा पत्र अनुसार स्विकृत भईसक्ययो, मैले भने आाज आएर किन तपाई त साईन (हस्ताक्षर) छैन भन्नु भको हैनर? धेरै बोल्ने हैन बाहिर निस्कीनुस भनेपछि म हस घन्यबाद दिएर निस्केको छु।´ उनले भने।

प्रकाशित मिति : २०८२ भाद्र २ गते सोमवार