प्युठानमा पूर्व जिल्ला विकास समिति सभापती कर्णध्वज केसी संयोजक रहेको नागरिक स्वतन्त्र मञ्च राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा समाहित हुने भएको छ।

रास्वपाले यही भदौ १ गते प्युठानकाे बिजुवारमा समायोजन तथा पार्टी प्रवेश कार्यक्रम आयाेजना गरेको रास्वपाका प्युठान जिल्ला संयोजक बिकास पोख्रेलले जनसहारासंग बताए।

उक्त कार्यक्रममा रास्वपाका महामन्त्री कबिन्द्र बुर्लाकोटी प्रमुख वक्ताका रूपमा सहभागी हुने भएका छन। पार्टी प्रवेशसँगै मञ्चका पदाधिकारी र सदस्यहरूको नाम सोही दिन सार्वजनिक गरिनेछ संयाेजक पाेख्रेलले बताए।

नागरिक स्वतन्त्र मञ्च प्युठान २०८१ भदौ १५ गते स्थापना भएको थियाे।

प्रकाशित मिति : २०८२ साउन २८ गते बुधवार