सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महामन्त्री दाबी गर्दै डा. मुकुल ढकालले दिएको रिटमा दुवै पक्षलाई छलफलमा बोलाएको छ।
बिहीबार सर्वोच्चका न्यायाधीश कुमार रेग्मीको इजलासले दुवै पक्षलाई मंगलबार (असार १७) गते पक्ष र विपक्षले ढकालको मागअनुसार उनी महामन्त्री हुन् वा होइनन् भन्ने विषयमा छलफल गर्नेगरि बोलाएर छलफल गराउने आदेश भएको अदालतले जनाएको छ।
ढकालले बुधबार आफू रास्वपाको महामन्त्री कायमै रहेको भन्दै सर्वोच्चमा रिट दायर गरेका थिए। उनले आफू रास्वपाको महामन्त्री रहेको र पार्टीले निष्कासन गरेको निर्णय गलत रहेको दाबी गरेका छन्।