चैत ५, सल्यान – सल्यानको जनकल्याण क्याम्पस थारमारेको स्ववियु सभापतिमा अखिल क्रान्तिकारीका गणेश वली निर्वाचित भएका छन ।
उनका निकटम प्रतिद्वन्द्वी ने.वि.संघ र अनेरास्ववियु (संयुक्त) प्यानलका सभापति पदका उम्मेदवार फलेन्द्र पुरी भन्दा वली १८ मत बढिले विजयी भएका हुन । वलीले ३७८ मत मध्ये १९६ मत प्राप्त गरेका छन भने पुरीले १७८ मत ल्याएका छन ।
यस्तै अन्य पदमा भने गठबन्धनको संयुक्त प्यानल विजयी भएका छन ।
सचिवमा अनेरास्ववियुकि बिमला शर्मा १७८ मत र कोषाध्यक्षमा नवीन सुनार नेवि संघबाट १०५ मत ल्याएर विजयी भएका छन ।
सदस्यहरुमा टिकाराम विक १०१ मत, सुनिता कुमारी बुढा १०७ मत, दिपसन बस्नेत १०५ मत, राधा वली १०१ मत र लक्ष्मी डि.सी. १०१ मत प्राप्त गरि विजयी भएका हुन ।
जनकल्याण क्याम्पस थारमारेमा जम्मा विद्यार्थी मतदाता संख्या ५ सय ४१ रहेकोमा जम्मा ३ सय ७८ मत खसेको थियो । जसमध्ये प्रत्येक्ष तर्फ छात्र संख्या १ सय ६६ र छात्रा संख्या २ सय १२ गरि ३७८ मत खसेको थियो भने समानुपातिक तर्फ छात्र १ सय ६५ र छात्रा संख्या २ सय १२ रहेको छ ।
समानुपातिक तर्फ १ जना छात्रले मतदान गरेका थिएनन् ।

प्रकाशित मिति : २०८१ चैत्र ४ गते मङ्गलवार