चैत ५, सल्यान – शिवजन क्याम्पस, सितलपाटी, सल्यानमा सम्पन्न स्ववियु निर्वाचन २०८१ को मतगणना सम्पन्न भएको छ । निर्वाचनमा अध्यक्ष पदमा सञ्जय हमाल विजयी भएका छन् ।
मतपरिणाम अनुसार, हमालले १९४ मत प्राप्त गर्दै अध्यक्ष पदमा विजयी भए भने उनका प्रतिस्पर्धी रोषन खड्कीले ८७ मत पाए ।
त्यस्तै, उपाध्यक्ष पदमा आभिष चनारा १८२ मत प्राप्त गर्दै विजयी भए । उनका प्रतिस्पर्धी कमल थापले ९७ मत मात्र प्राप्त गरे ।
कोषाध्यक्ष पदमा यारम रावत १८५ मत ल्याएर विजयी बनेका छन् । उनका प्रतिस्पर्धी सिर्जना के.सी.ले ९६ मत प्राप्त गरिन् ।
निर्वाचनमा जम्मा २९६ मत खसेको थियो ।
विजय भएका उम्मेद्वारहरू नेपाली काग्रेश, नेकपा एमाले र नेकपा निकट विद्यार्थी हुन भने पारजितहरू नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादी निकट विद्यार्थी संगठन हुन ।
क्याम्पस स्ववियु निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको निर्वाचन समितिले जनाएको छ ।