रोल्पाको रून्टीगढी गाउँपालिका-४ को वडाध्यक्षका लागि भएको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार भूपमणि पुन मगर निर्वाचित भएका छन्।
कुल १ हजार ९ सय मतदाता रहेकाे यहाँ १ हजार दुई सय ९७ मत खसेको थियो। त्यस्तै बदर मत २१ छ रहेको छ। खसेकाे मत मध्ये निर्वाचित कांग्रेसका मगरले जम्मा ६४३ मत प्राप्त गरी निर्वाचित भएका हुन। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेबाट बेगम पुन मगरले ५३५ मत पाए। त्यस्तै नेकपा माओवादी केन्द्रका उम्मेदवार नरेशजंग सिंहले ७० मत पाएका छन। त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार पहलबहादुर वलीले १०, राष्ट्रिय स्वतन्त्र पार्टीका हिमबहादुर पुनले ७ र मंगोल नेसनल अर्गनाइजेसनबाट पूर्णबहादुर बुढा मगरले ७ मत पाएका छन।
२०७९ सालमा कांग्रेसकै टंकबहादुर पुन निर्वाचित भएका थिए। उनको मृत्यु भएपछि पुनः निर्वाचन भएको हो। अहिले भएको उपनिर्वाचनमा यहाँ झन्डै ६० प्रतिशत मत खसेको थियो।