लुम्बिनी प्रदेशका नवनियुक्त तीन जना नयाँ मन्त्रीले शपथ लिएका छन।

नयाँ तीन मन्त्रीलाई लुम्बिनी प्रदेश प्रमुख कृष्ण बहादुर घर्तीमगरले पद तथा गोपनीयताको शपथ गराएका हुन। मुख्यमन्त्री चेतनारायण आचार्यले मनोनीत गरेका तिन मन्त्री नेपाली कांग्रेसका तर्फबाट बर्दियाका जन्मजय तिमिल्सिना र पश्चिम नवलपरासीका देवकरण कलवार तथा जनता समाजवादी पार्टिबाट बाँकेका आदेशकुमार अग्रवाललाई प्रदेश प्रमुख घर्तीले पद तथा गोपनियताको शपथ गराएका हुन।

तिमिल्सिनालाई सामाजिक विकास, कलवारलाई वन तथा वातावरण र अग्रवाललाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।

पद तथा गोपनियताको शपथ ग्रहण कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, नेपाली काङ्ग्रेसका संसदिय दलका नेता एवं पुर्व लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरी, नेकपा माओवादी केन्द्रका संसदिय दलमा नेता एवं लुम्बिनी प्रदेशका निबर्तमान मुख्यमन्त्री जोख बहादुर महरा लगाएत अन्य पाटीका संसदिय दलका नेता, प्रदेशका मन्त्री, पुर्व मन्त्रीहरु, मुख्य सचीव, सचीव लगाएको उपस्थिति रहेको थियोे ।

प्रकाशित मिति : २०८१ कार्तिक ८ गते बिहिवार