सरकारले आफ्नो १०० दिन पुगेको प्रगति विवरण स्वरुप गरेका कामहरु सार्वजनिक गरेकाे छ। उता बाँकेकी निर्मला कुर्मीको न्यायका लागि भन्दै महिला अधिकार मञ्च बाँकेले माइतीघर मण्डलामा निरन्तर ७६ दिन देखि प्रदर्शन गरिरहेका छन।

कुर्मीको मुद्दा अदालत पठाउन पटक पटक सरकारले सहमति गरे पनि मुख्य अभियुक्तलाई नै प्रदेशमन्त्री नियुक्त गरेर सत्तासिन पार्टीले संरक्षण गरेको र महिलाका मुद्दामा सरकार चरम रूपमा असंवेदनशील  भएको भन्दै मञ्चले गत साउनदेखि लगातार प्रदर्शन गर्दै आएकाे बारे सरकार बेखबर छैन। आन्दोलनकारीहरुलाई दैनिक जसाे प्रहरीले धरपकड गरिरहेकाे हुन्छ। सरकारका १०० दिन भए तर माइतीघरमा ७६ दिन देखि न्याय खाेजि रहेकाहरुलाई भने अझै सरकारले भेटाउन सकेको छैन। सरकार खाेज्दै सिंहदरबार मै समेत खानकाे टाेलि पटकपटक नपुगेको हाेइन तर त्यहाबाट प्रहरी धरपकड गरि उनिहरुलाई लछारपछार दैनिक जसाे हुदै आएकाे छ।

मुद्दामा मुख्य अभियुक्त भनिएका बादशाह कुर्मी लुम्बिनी प्रदेश सरकारका वन तथा वातावरण मन्त्री समेत बन्न भ्याए। बाँके क्षेत्र नम्बर ३ (क) बाट नेपाली कांग्रेसको तर्फबाट प्रदेश सांसद निर्वाचित भएका थिए। मन्त्री बनेपछि झन पेचिलाे रुपमा आवाज उठेपछि र लुम्बिनी सरकारकाे आलोचना समेत हुन थालेपछि निर्मला प्रकरणकाे मुख्य आराेप बाेकिरहेका कुर्मिले राजिनामा दिएका थिए।

 

आन्दोलनकाे नेतृत्व मञ्चकि अध्यक्ष रुबी खानले गरिरहेकि छन। बाँके प्रहरीले निर्मला कुर्मी अपहरण, बेपत्ता, शरीर बन्धक तथा कर्तव्य ज्यानसम्बन्धी मुद्दामा फितलो अनुसन्धान गरेपछि मञ्च र पीडित परिवारले न्याय नपाउदा सम्म निरन्तर आन्दोलन गर्ने खानले बताइन्।

अहिले आन्दोलनमा सहभागीहरुकाे नाकमुखबाट रगत आउने, टाइफाइड र डेँगाे जस्ता बिरामी समेत हुन थालेका छन। तर उनिहरु आराम र उपचारकाे साटाे निर्मलाकै न्यायका लागि लडिरहेकाे अध्यक्ष खानले बताइन्।

गत वर्ष ४३ दिनको लामो धर्ना र आन्दोलनपछि वार्तामार्फत सरकारले उक्त मुद्दामा छानबिन समिति गठन गरेको थियो ।  छानबिन समितिले पनि उक्त मुद्दाका आरोपितलाई पक्राउ गरी अनुसन्धान गर्न सरकारलाई प्रतिवेदन बुझाएपछि प्रहरीले अहिले ६ जनालाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ भने एक जना वृद्धलाई तारेखमा राखेको छ।

प्रकाशित मिति : २०८१ कार्तिक १ गते बिहिवार