फागुन २ सल्यान – जिल्लाकाे दार्मा गाउँपालिकामा राष्ट्रिय युवा संघ नेपाल गाउँपालिका स्तरीय प्रथम एकता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
आइतबार युवा संघका केन्द्रिय सदस्य शोभाराम भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले पहल बहादुर खत्री `तुफान´ काे संयोजकत्व तथा केशवराज केसीकाे सह संयोजकत्वमा ४९ सदस्सीय गाउँ कमिटी गठन गरिएकाे छ । भेलाले गाउँपालिकाका ६ वटै वडामा संयोजक र सहसंयोजकहरु समेत तोकेको छ ।
जसको वडा न १ मा प्रकाश बुढा संयोजक र लोकेन्द्र महर सहसंयोजक रहेको २७ सदस्सीय कमिटी गठन भएकाे छ। वडा न २ मा तिलक विक संयोजक र दोर्ण केसी सह संयोजक रहेको ४० सदस्सीय, वडा न ३ मा क्षेत्र बहादुर बोहोरा संयोजक र प्रकाश ओली सहसंयोजक रहेको २९ सदस्सीय कमिटी गठन गरेको छ ।
यस्तै वडा न ४ मा देव बहादुर थापा संयोजक र टेक बहादुर थापा सह संयोजक रहेको ३० सदस्सीय कमिटी छ भने वडा न ६ मा खिम बहादुर वि.क संयोजक र विनोद चन्द सह संयोजक रहेको २९ सदस्सीय कमिटी गठन गरिएको छ। वडा न ५ मा कमिटी गठन गर्न बाँकी रहेको र छिट्टै उक्त वडामा पनि कमिटीले पूर्णता पाउने नेकपा कर्णाली प्रदेश सदस्य निम बहादुर केसीले बताए ।
भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै नेकपा कर्णाली प्रदेश सदस्य निम बहादुर केसीले युवाहरुले सिर्जनशील र सकरात्मक सोच राख्नुपर्छ। सीप विकास र उद्यम विकास लगायतका कार्यक्रममा युवालाई जोड्ने र रोजगार सिर्जना गर्ने प्रतिबद्धतालाई देशमा भएको पछिल्लाे राजनीतिक दुर्घटनाले केही पछि धकेलेकाे बताउदै देश गम्भीर संकटमा परेकाे अवस्थामा राष्ट्रियता,लोकतन्त्र,गणतन्त्र र संघीयता खतरामा छ। यसका विरुद्ध युवाहरुले खबरदारी गर्न अपरिहार्य रहेकाे सबै सचेत युवाले महशुस गर्दै ओलीको प्रतिगामी कदमका विरुद्ध सम्पूर्ण युवा शक्ति सडकमा उत्रिएर प्रतिवाद गर्न आवश्यक रहेको बताए। नेपालका तमाम आन्दोलनमा युवाहरुले खेलेको भूमिकाको प्रशंसा गर्दै केसीले फेरी एक पटक संविधान,संघीयता,गणतन्त्रको रक्षा लागि आन्दोलनमा जानुको विकल्प नरहेको बताए ।
मदन देबकोटाको अध्यक्षता तथा खिम बहादुर विकको स्वागत मन्तव्यबाट शुरू भएको भेलामा युवा नेताहरु डिल्ली केसी `पासाङ´ मंगल बहादुर देवकाेटा`कप्तान´ गणेश बहादुर ओली, पालिका अध्यक्ष असबिर बुढाथोकी,जिल्ला कमिटी सदस्यहरु दल बहादुर केसी,चन्द्र बहादुर रावत,अनन्त शर्माले नव कमिटीलाई पार्टीको वर्तमान उथलपुथल र त्यसका विरुद्ध कमिटीले के भुमिका निभाउन सक्छ भन्ने लगायत अन्य राजनीतिक प्रशिक्षण दिएका थिए भने कार्यक्रमकाेे संचालन धिरेन्द्र परियारको गरेकाेे बताइएको छ।