जनयुद्धका समयमा हत्या आराेपमा फरार रहेका नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य समेत रहेका नेता कालीबहादुर खाम काठमाडौँबाट पक्राउ परेका छन्।

तत्कालीन माओवादी जनयुद्धका कमाण्डर खामलाई काठमाडौँको ठमेलबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

फरार रहेका खाममाथि कोटेश्वरका तत्कालीन एक व्यवसायी रामहरि श्रेष्ठको अपहरणपछि हत्या गरेको आरोप थियाे त्यसयता उनी प्रहरीको फरार सुचीमा रहेकाले प्रहरीले खाेजि गरिरहदा विशेष सुचनाका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी भुपेन्द्र खत्रीले बताए ।

प्रकाशित मिति : २०८० चैत्र २० गते मङ्गलवार