काठमाडौबाट राेल्पा हिडेका पूर्व सभामुख कृष्णबहादुर महरालाई प्रहरीले रुपन्देहीमा रोकेको छ ।
महरालाई प्रहरी निगरानीमा पठाउन लागिएकोले राेकिएकाे जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक मनाेहर प्रसाद भट्टले बताए।
आइतबार उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले नेकपा माओवादी केन्द्रका नेता समेत रहेका महरा सहित निजामती तथा प्रहरी कर्मचारीलाई तत्काल कारबाही गर्न निर्देशन दिएका थिए।
गृहसचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक वसन्त कुँवर र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान विभागका प्रमुख श्याम ज्ञवालीलाई सुन तस्करी नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न आग्रह गर्दै सो निर्देशन दिएका पछि प्रहरी महरा माथि निगरानी बढाएको हाे।