नेकपा एमाले रोल्पाको सातौँ अधिवेशनबाट अध्यक्षमा अमृत बुढा निर्वाचित भएका छन् ।
उनी आफ्नो प्यानल सहित विजयी भएका छन। १ सय ९५ मतका साथ निर्वाचित उनी विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी घनश्याम आचार्यले १ सय १२ मत पाएका छन्। त्यसैगरी उपाध्यक्षमा विजयकुमार घर्ती निर्विरोध निर्वाचित भएका छन् । सचिवमा १ सय ८२ मतका साथ नेपबहादुर थापा निर्वाचित भएका छन। उनका प्रतिष्पर्धी ठाकुर वलीले १ सय १२ मत पाएका छन् । खुला उपसचिवमा १ सय ७२ मतका साथ बमबहादुर पुन विजयी भएका छन् ।
महिला उपसचिवमा २ सय २ मतका साथ रमिता डाँगी विजयी भएकि छन । उनकी प्रतिद्वन्द्वी कृष्णी गौतमले ६१ मत पाएकी छन् । नव निर्वाचित बुढा निवर्तमान जिल्ला सचिव हुन भने आचार्य प्रदेश कमिटी सदस्यमा पराजित भएका थिए ।
उपाध्यक्षमा विजयकुमार घर्ती मगर,गंगाराम बुढा,गोपाल डाँगी र धनबहादुर बिष्टले उम्मेदवारी दिएका थिए । जसमध्ये घर्ती मगर निर्वाचित भएका छन। रोल्पामा भएका पाँच केन्द्रीय नेता पोलिटब्युरो सदस्य गोकुल घर्ती,कुमार दशौँधी,नविन रोका मगर,यमुना रोका तामाङ अहिले निर्वाचित बुढालाई अध्यक्ष बनाउनुपर्ने पक्षमा उभिएका थिए भने अर्की केन्द्रीय सदस्य इश्वरी जिएम अहिले पराजित आचार्यलाई अध्यक्ष बनाउनुपर्ने पक्षमा उभिएपछि निर्वाचन गर्नुपर्ने अवस्था आएकाे स्राेतले जनाएको छ।
अन्तिम मतपरिणाम
अध्यक्ष
अमृत बुढा मगर १९५
घन्श्याम आचार्य ११२
सचिव
ठाकुर वलि = ११२
नेप वहादुर थापा=१८२
उपसचिव
बम बहादुर पुन =१७२
प्रेमराज बुढा =८०
उप-सचिव महिला
रमिता डागि=२०२
कृष्णि गाैतम =६१
तारा सेन=२५
सदस्यहरु
सन्तोष बाठा=२०२
कमानसिङ पुन मगर=१८०
धन ब बस्नेत=१९९
दिपेन्द्र कुमार बाठा=१४६
रामचन्द्र बुढामगर=१५४
परविर बिक =१५७
भान बहादुर घर्ती =९६