राष्ट्रियसभा सदस्य निर्वाचनमा लुम्बिनी प्रदेशबाट गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका झक्कु प्रसाद सुवेदी विजयी भएका छन।

सुवेदी ५ हजार ४३५ मतभार सहित विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का झपेन्द्रबहादुर घर्ती क्षेत्रीले ३ हजार ३९ मत प्राप्त गरे। उनले समर्थकमा दिल कुमारी बुढा र मिना बुढाकाे प्रस्थापकमा उम्मेदवारी दिएका थिए।

२०६४ को पहिलो संविधानसभा निर्वाचनमा काठमाडौँ क्षेत्रबाट –२ बाट तत्कालीन एमाले नेता तथा हालका नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई ५३३ मतातन्तरले पराजित गरी चर्चामा आएका थिए ।

राेल्पाकाे सुनील स्मृती गाउँपालिका–६ गजुल पानीपाेखराका सुवेदी अहिले उमेरले ६१ वर्षका भइसकेका छन। २०३६ सालमा विद्यार्थी राजनीति शुरु गरेका सुवेदी ०४२ सालमा शिक्षक भएका थिए । सुवेदी ०४८ सालमा स्थायी शिक्षक छाडेर सोही वर्ष गजुल गाविस अध्यक्ष हुदै २०४९ मा रोल्पा जिविस सभापति भएका थिए ।

जिविस सभापतिमै रहदा लिवाङबाट पक्राउ परेपछि जेलमा परे। ०५४ सालमा जेलमुक्त भए तर पहिले जसरी खुल्ला राजनितीमा भने फर्किन सकेनन्। तर ०७४ मा भने काठमाडौं क्षेत्र नं. ६ मा उठेका सुवेदीलाई कांग्रेसका भीमसेनदास प्रधानले पराजित गरे। माधव नेपाललाई चुनाव जितेर चर्चामा आएका झक्कु आफ्नो कार्यकालमा मतदाताको झापड खाएर पनि उत्तिकै चर्चित बनेका थिए । गोरखाबाट काठमाडौं बसाइँ सरेर आएका उनकै मतदाता प्रेमराज देवकोटाले सुवेदीलाई झापड समेत हानेका थिए ।

२०६८ बैशाखमा माओवादीका तत्कालीन सभासद सुवेदीलाई तिनकुनेस्थित सुविधानगरमा कफी सपका संचालक प्रेमराज देवकोटाले बोलाएर संविधान कहिले बन्छ ? भन्दै प्रश्न गरेर झापड हानेका थिए । त्यतिबेला सुवेदी र पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडाबाट फर्किंदै थिए।

अहिले पछिल्लो समय उनी हृदयघातबाट पिडित छन बेलाबेलामा हृदयाघातका कारण गम्भीर बन्दै समेत आएका छन। आफू विगत देखि जनतामाझ राम्रोसँग भिजेर आएकाे र संविधानसभामा समेत काम गरेको अनुभव रहेकाले जनताकाे आशा बाेकेर गएका जनप्रतिनिधिबाट समेत अहिले आफुले जिम्मेवारी बाेकेर आएकाे हुदा सबैभन्दा पहिले जनप्रतिनिधि बिचकाे विकासशील चिन्तनकाे साझा मञ्च बनाउदै अघि बढने प्रतिक्रिया दिएका छन।

प्रकाशित मिति : २०८० माघ ११ गते बिहिवार