अरुलाइ गालिगर्दै केहि समय हल्ला चलाएर स्वतन्त्रको हवाला दिदै आएका केहि स्वतन्त्र पार्टी भनिनेहरु अन्तत: विचारविहिन र उनिहरु सकिएर जाने र अहिले पार्टीले संचालन गरेको रुपान्तरण अभियानले यो प्रवृत्तीलाई पनि अन्त्य गर्ने नेकपा माओवादी केन्द्र सल्यानका जिल्ला इन्चार्ज नरेश भण्डारीले दावि गरेका छन।
नेकपा माओवादी केन्द्र सल्यानले रुपान्तरण अभियानकाे १ महिना पुगेको अवसरमा गरेका काम र अब गर्ने कामका विषयमा जानकारी दिन गरिएको पत्रकार सम्मेलनमा भण्डारीले उक्त अभिव्यक्ति दिएका हुन। जनतासंग माओवादी विशेष रुपान्तर अभियान अन्तरगत सल्यानमा खटिएको खिमहेधन अभियान टोलीले गरेका कामका विषयमा बुधबार खलंगामा पत्रकार सम्मेलन गरी अभियानको बारेमा जानकारी दिएको हो ।
“रुपान्तरित विस्तारित माओवादी निर्माण हाम्रो अभियान, समृद्ध सुशासित सल्यानका लागि गरौ योगदान” भन्ने नारा सहित सल्यानमा चलेको अभियानमा सल्यानको सापेक्षतामा विभिन्न कार्यक्रम चलाइएको । उक्त अभियान अन्तर्गत सल्यानमा मतदातासंग मनका कुरा, माओवादीसंग जनका कुरा, सल्यानीसंग सरकार, जनतासंग जनसंगठन, दु:खीसंग २ दिन, संचारकर्मीसंग सहकार्य जस्ता कार्यक्रमहरु राखएिको छ।त्यस्तै श्रम शुक्रबार, संकल्प सभा, उत्पादन उत्प्रेरणा, सिर्जनशील सप्ताह, सुशासनको सुइको र संघर्ष, शिक्षामा सिकायत र समाधान, स्वास्थ्यामा सकस र समाधान, विकासमा विवेक र वेथिती लगायतका कार्यक्रमपनि अभियान अन्तरगत चलेका छन ।
सरकारले चालेको सुशासनको अयिभानलाई जनतामा लिन र पार्टीलाई रुपान्तरित गर्न अभियान चालिएको माओवादीले जनाएको छ। माओवादीहरु शरिर च्यातेर देशलाई दिइरहेका बेला देशको काम छैन भन्दै नागरिकता च्यातेर विदेश गएकाहरु अहिले स्वतन्त्रका नाममा देशको नायक बन्न खोजेकाले जनता सजक बन्नुुपर्ने भन्डारीले जाेड दिए।
कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य तथा सल्यान संयोजक कृति बहादुर पुनले रुपान्तरण अभियान माओवादीको मात्रै नभएर देशका सम्पुर्ण मान्छेहरुको भएको भन्दै आफुहरु त्यहि अनुरुप लागेको बताएका छन । उनले व्यवस्थामा खतरा पैदा भएको भन्दै सबैजना सजग बन्नुपर्ने बेला आएको भन्दै सकारात्मक प्रचारको काम पत्रकारले गर्नुपर्ने बताए । पत्रकार सम्मेलन कार्यक्रमको सहजिकरण युवा नेता भिम कुमाखीले गरेका थिए ।
घरघरमा माओवादी, जनजनमा माओवादी भन्ने नारासहित माओवादीले भाद्र १६ गते देखि देशव्यापाी चालेको अभियान आगामी मंसिर १५ सम्म चल्ने छ ।