पुस १९ काठमाडौँ — संसद विघटन पछि पार्टी भित्र नै निर्णयकाे मत बाझिदा अलमलमा परेपछि चौतर्फी दबाब खेपेकाे प्रमुख प्रतिपक्ष कांग्रेसले पनि संसद् विघटनको विरोधमा आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । आइतबार बसेको केन्द्रीय कार्यसमिति बैठकबाट सडक संघर्षका कार्यक्रमकाे निर्णयमा पुगेकाे हाे ।

प्रेस विज्ञप्ति

बैठक पछि प्रेस विज्ञप्ति निकाल्दै पुस २५ गते ३ सय ३० प्रदेश निर्वाचन क्षेत्रमा, माघ ३ गते नगर र गाउँपालिका र माघ ८ गते वडास्तरमा विरोध प्रदर्शनका कार्यक्रम घोषणा गरिएको बताइएको छ। कांग्रेसले भातृ तथा शुभेच्छुक संस्था र जिल्ला कार्य समितिहरुलाई पनि केन्द्रको कार्यक्रमसँग नजुध्ने गरी सडक संघर्षका कार्यक्रम गर्न निर्देशन दिएको छ ।

प्रेस विज्ञप्तिकाे बाकि भाग

प्रकाशित मिति : २०७७ पुष १९ गते आइतवार