फागुन २७, सल्यान – स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन जनकल्या क्याम्पस थारमारे सल्यानमा चैत ५ गते तोकिएको निर्वाचनमा नेपाल विद्यार्थी संघले असन्तुष्टि व्यक्त गर्दै आफ्ना मागहरु सम्बोधन नभएको भनि लगाएको तालाबन्दी आज दिउँसो २ बजेसम्म त्रिभुवन विश्व विद्यालयले मनोनयन दर्ताको लागि निर्धारण गरिएको समय सिमा समाप्त भए पछि एक विज्ञप्ति निकाल्दै तला खुलाएको छ ।

विज्ञप्तिमा विश्विविद्यालयको निर्देशन बमोजिम जनकल्याण क्याम्पस थारमारेले स्ववियु निर्वाचन मनोनयन दर्ताको लागि निकालिएको कार्यतालिका अनुसार समय सीमा समाप्त भएको व्यहोरा जानकारी गराईएको छ ।

साथै क्याम्पसको नियमिति पठन पाठनको गतिविधीलाई कुनै पनि किसिम‌को नकारात्मक प्रभाव पार्ने हेतु नरहेकोले ताला खोलिए जानकारी गराउँदै क्याम्पससँग सहकार्य र सहमतिका साथ आगडी बढ्ने प्रतिबद्धता समेत गरेका छन ।

प्रकाशित मिति : २०७९ फाल्गुन २७ गते शनिवार