फागुन २७, सल्यान – नेपाल विद्यार्थी संघ जनकल्याण क्याम्पस इकाई कार्यसमितिले क्याम्पसमा ताला लगाएको छ ।
आगामी चैत्र ५ गते हुनगइरहेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको सन्दर्भमा असन्तुष्टि जनाउँदै ताला लगाएको इकाई कार्यसमितिले विज्ञप्ति मार्फत बताएको छ ।
स्वतन्त्र विद्यार्थी युनियनको हकमा ने.वि. संघ जनकल्याण क्याम्पस इकाईलाई अन्याय भएकोले न्यायाेचित ढङ्गको सहमतिको माग गर्दै यो निर्वाचन प्रक्रियामा सहभागी नहुने र बहिष्कार गरिएको व्यहोरा विज्ञप्तिमार्फत जानकारी गराउँदै क्याम्पसमा ताल्चा लगाइएको छ ।
यता ईलाका प्रहरी कार्यालय थारमारेका प्रमुख कनक बहादुर शाहीले ने.वि.संघका विद्यार्थीहरुलाई जिम्मेवार नेतालाई सहमतिको लागि पहल गर्न आग्रह गरि जसरी नि मिलेर जान अनुरोध गरे ।
उनले मनोनयन दर्ताका लागि नरोकिने र निर्वाचन जसरी नि हुने बताए । शाहीले भने तपाईंहरुलाई अन्याय गर्ने जिल्ला कार्यसमिति हो त्यसैले क्याम्पससँग हैन तपाईंहरुले चुनाव लड्ने, जिल्लास्तरमै सहकार्य गर्ने प्रयास गर्नुहोस ।
उनले जिल्ला सुरक्षा निकाय, जिल्ला स्ववियु निर्वाचन समितिले निर्वाचन गराउन अनुरोध गरे जसरी नि हुने जनाए ।
तर यता नेवि संघ विद्यार्थी संगठनले भने कुनै पनि हालतमा नमान्ने र ताल्चा खोले आन्दोलन हुने जनाए । बल प्रयोग गरेर ताल्चा नखोल्न अनुरोध गर्दै ने.वि.संघ बागचौरलाई गरेको अन्याय नसहने जनाए ।