फागुन २०, सल्यान – आगामी चैत ५ गते हुने स्ववियु निर्वाचनका लागि सभापति पदमा आफ्नो उम्मेदवारी दर्ता गर्ने CTEVT जिल्ला अध्यक्ष पहलमान खड्काले घोषणा गरेका छन ।

नेपाली काङ्ग्रेस संवद्व नेपाल विद्यार्थी संघ जनकल्याण क्याम्पस थारमारेका इकाई सचिव समेत रहेका २३ वर्षीय खड्काले सभापति पदमा आफ्नो उम्मेदवारी दर्ता गर्ने दाबी गरे ।

बागचौर नगरपालिका वडा नं. ७ घर भएका खड्का हाल जनकल्याण क्याम्पसमा विएड तेस्रो वर्षमा अध्यनरत छन । उनी ने.बि.संघ CTEVT सल्यान जिल्ला अध्यक्ष समेत रहेका छन भने खड्काले लामोसमय देखि विद्यार्थी राजनीति गर्दै आएको र पाटिको नगर कमिटी सचिव पदमा समेत निर्वाचनमा होमिएर अनुभव लिसकेका छन ।

स्ववियु निर्वाचन सम्बन्धि जनसहारा अनलाइनले खड्कासँग गरिएको कुराकानीमा यस्तो छ :-
सभापति पदको लागि के संगठनले टिकट दिन्छ त तपाईंलाई ?
दिन्छ नि विद्यार्थी राजनीतिमा मेरो राम्रो भुमिका र अनुभव छ, निरन्तर २०७१ साल देखि विद्यार्थी राजनीतिमै लागेको छु, बागचौरकै स्थानीय बासिन्दा पनि हु र सबै नेता कार्यकर्ताको पहुँच राम्रै भएकोले सम्भावना छ ।

तपाईंसँगै तपाईंकै संगठन भित्रका आकांक्षी साथीहरू धेरै हुनुहुन्छ भन्ने सुनिन्छ तपाईंमै सहमति हुन्छ भन्ने विश्वास गर्ने आधार के के छन ?
निकै नै महत्त्वपूर्ण प्रश्न गर्नु भयो संगठभित्र आकांक्षा धेरैले गर्नु संगठका लागि राम्रो पक्ष हो तर म भन्दा जुनियर साथीहरू हुनुहुन्छ, राजनीतिक हिसाबले नि भन्ने हो भने म अगाडिको मान्छे हु, ने.बि.संघले मलाई नै टिकट दिन्छ भन्ने कुरामा मलाई पुर्ण विश्वास छ ।

स्ववियु निर्वाचनको लागि मनोनयन दर्ता गर्न आझ केही दिन बाँकी छ साथै यो बिचमा तपाईंलाई संगठन र यस संवद्व पार्टीका नेताहरुले उम्मेदवारी नदिन आग्रह गरे र टिकट नै नदिए तपाईंको के गर्नु हुन्छ ?

निरन्तर म नेता कार्यकर्ताहरुसँगै छु, विद्यार्थी साथीहरूले मलाई नै चाहानु हुन्छ, मैले टिकट नपाए अर्को वातावरण रहन सक्छ र अर्को कुरा टिकट पाउने कुरा म आफै कमिटीको सचिव छु त्यसैले आफुलाई नै सिफारिस गर्छु नि ।

उसो त तपाईं पार्टीको युवा नेता पनि हो पार्टी अनुसार नै तपाईंको संगठभित्र नि गुट छ भन्छन नि यस्तो अवस्थामा तपाईंले अवसर पाउने सम्भावना कत्तिको छ ?
पार्टी भित्र दुई धार भएता पनि यो विद्यार्थीको कुरा हो पार्टिका पदाधिकारीहरुले बिद्यार्थी राजनीतिमा आएर गुट निर्माण गर्नु भयो भने उहाँहरुलाइ ठुलो नोक्सानी हुनेछ ।

अन्तमा तपाईंलाई संगठनले टिकट नदिए स्वतन्त्र भएनि मनोनयन दर्ता गर्नु हुन्छ या त संगठका अन्य साथीहरूलाई सहयोग गरेर जानू हुन्छ ?
पहिलो कुरा त संगठनले मलाई नै टिकट दिन्छ भन्ने कुरामा म ढुक्क छु । यदि दिएन भने अब म पार्टिमा पनि लामो समय देखि दुख गर्दै आएको मान्छे हु यहि पार्टि र संगठनमा बसिराख्नु पर्छ भन्ने छैन । जहाँ दुखको मुल्यांकन गरिदैन त्यहाँ बस्न उचित पनि हुदैन ।
पार्टिले मलाई धेरै पटक धोका दिएको छ, हिजो वडा नं. ७ मा वडा अध्यक्ष लड्ने भनेर धेरै मेहनत र दुख गरे तर टिकट नपाउँदा नि पार्टिमै लागेर निरन्तर चुनाव प्रचारप्रसारमा लागेकै हु, पटकपटक पार्टिले अन्याय गर्ने हो भने अब मेरो फरक पोजिसन हुनेछ ।
अन्तमा म मेरो व्यक्तिगत स्वार्थको लागि सभापति हुन खोजेको हैन, मसँग त्यो क्षमता छ विद्यार्थीको हकहितका लागि सदैब वकालत गर्नेछु । त्यसैले अन्य संगठका साथीहरूसँग पनि एकता हुने सन्दर्भमा मलाई नै सभापति पदका लागि सहमति गरेर अगाडि बढ्नु हुने छ र निर्वाचन नै लड्नु पर्ने अवस्थामा पनि हाम्रो पार्टि र संगठनले मलाई नै टिकट दिने कुरामा विश्वस्त छु ।

प्रकाशित मिति : २०७९ फाल्गुन २० गते शनिवार