पुस ४ दाङ – सस्तो लाेकप्रियताकाे लागि भनौ वा साहसका साथ कला देखाउने भन्दैमा मुर्खता देखाए जस्तो याे भिडियो हेर्दा स्पष्ट हुन्छ।
प्रत्यक्षदर्शीले खिचिरहेकाे उक्त भिडियाेमा झाेलुङ्गे पुलकाे बिच भागमा चार जना मान्छे देखिन्छन ती मध्ये तीन जना पुलमा उभिएकाेे देखिन्छ भने एक जना पुलमा झुन्डिएको देखिन्छ झुन्डिएको व्यक्तिले कुनै डाेरी समातेकाे पनि देखिन्छ यतिकैमा उनी खुट्टा चलाउन वा टिकटक लाइभमा अभिनय गर्न खाेज्छन तर यतिकैमा नदि बगरमा पुलबाट खस्छन। खसेर बल उफ्रिय झै उफ्रिन्छन ।
याे घटनाकाे दृश्य आज पश्चिमदाङको पर्यटकिय स्थल छहरा नजिकैको झोलुङ्गे पुलमा टिकटक बनाउने क्रममा एक युवक खसेर गम्भिर घाइते भएकाे पर्यटकिय स्थल छहरामा साथीहरुसंग वनभाेज खान गएका नारायणपुरका २४ वर्षिय रमेश थापा झोलुङ्गे पुलमा फोटो र टिकटक बनाउने क्रममा पुलबाट खसेर गम्भीर घाइते भयका छन ।
अहिले उनिले गरिरहेकाेे सबै दृश्य केही टाढाबाट प्रत्यक्षदर्शिले भिडियो खिचिरहेका रहेछन साेहि भिडियो ManojKhada नामक टिकटक आइडिबाट सामाजिक सन्जालहरुमा देख्न सकिन्छ ।
भिडियो हेर्नुहाेस: