माघ १२ काठमाडौ – नेपाली राजनितीमा पार्टी परिवर्तन अवसर हेरेर चलि आएकाे संस्कार जस्तै बन्न थालेको छ।

सामान्य रुपमा एक पार्टीबाट असन्तुष्ट वा अनेक प्रलोभन देखेर पार्टी परिवर्तन गर्नेकाे लहर बढेकै छ। त्यस्तै गरि हरबखत पार्टी परिवर्तन गरिरहने नेता मध्येका एक हुन सल्यानका राजेन्द्रवीर राय।

२०७७ फागुन १८ गते राप्रपा अध्यक्ष कमल थापाले रायलाई पार्टीको केन्द्रिय उपाध्यक्ष पदमा मनोनित गरेका थिए। राय राप्रपाकाे केन्द्रीय उपाध्यक्ष समेत बनेका बेला अवसर वा प्रलोभनमा परेर ह्वात्तै एमालेमा प्रवेश गरि प्रतिनिधि सभाकाे उम्मेदवार समेत बन्न भ्याए। राप्रपाबाट सल्यानमा उनकाे माहुल नबनेपछि सांसद बन्ने हुटहुटिले उनी निर्वाचनको मुखमै गत भदौ २५ गते एमाले अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पाेखरेलले बालकाेटमा पार्टी प्रवेश गराएका थिए।

अहिले पछिल्लो समय उनी नागरिक उन्मुक्ति पार्टीमा प्रवेश मात्रै गरेनन् कर्णाली प्रदेशकाे सल्यानबाट प्रतिनिधित्व गर्ने राय लुम्बिनी प्रदेशको राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा साेहि पार्टीबाट उम्मेदवार समेत बनिसकेका छन। सल्यानको शारदा नगपालिका- ३ मा रायकाे स्थायी ठेगाना हाे भने उनी अहिले बाँकेमा बस्ने गरेका छन। तर राजनिती गतिविधिमा सल्यानबाट प्रतिनिधित्व गर्ने गर्छन।

सत्तारुढ दल मध्येकाे नागरिक उन्मुक्ति पार्टीले उम्मेदवार छनाेटमा असन्तुष्ट भएपछि अचानक रायलाई उम्मेदवार बनाएको हाे। यसाे रायले दृढ विचार संग नभइ पदिय लाभकै कारण राजनिती भित्र घुमफिरे भ्रमण गरिरहेकाे स्पष्ट हुन्छ।

उनिसं सांसद हुने हुटहुटि निकै छ। २०७४ सालको निर्वाचनमा सल्यान (ख) बाट प्रदेशसभा सदस्यका उम्मेदवार बनेका राय पराजित भए। गत मंसिर ४ काे प्रतिनिधि सभा निर्वाचनमा एमाले सल्यानबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार बने तर पराजित भए। अब लुम्बिनी प्रदेश सभामा छिरेका रायकाे लुम्बिनीमा भने उनकाे राजनीति पहिचान शून्य छ। रायकाे उम्मेदवारी प्रति कतिपयले नागरिक उन्मुक्ति पार्टी सत्तारुढ दलबाट बाहिरिने र प्रदेश सरकारलाई दवाब दिनकाे लागि मात्रै भएको जनाएका छन।

माघ २५ गते घोराहीको कर्मचारी मिलन केन्द्रमा मतदानका लागि माघ १२ गते उम्मेदवारको विरोधमा उजुरी दिने, माघ १३ र १४ गते मनोनयन पत्र र उजुरी उपर जाँचबुझ, माघको १६ गते उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गर्ने र उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने निर्वाचन कार्यतालिका छ।

फरक प्रदेशबाट उम्मेदवारी परेकाे विषयमा भने उम्मेदवारीका लागि कुनै पालिकाकाे मात्रै भनिएकाेले फरक प्रदेशबाट परेको उम्मेदवार मनाेनयनका बारेमा १६ गते अन्तिम नामावली प्रकाशनका बेला सम्म छलफल तथा न्यायाधीशकाे निर्णय अनुसार एकिन हुने प्रदेश निर्वाचन कार्यालयले जनाएको छ।

प्रकाशित मिति : २०७९ माघ १२ गते बिहिवार