माघ ११, सुर्खेत – कर्णाली प्रदेश सरकारले पुर्णता पाएको छ । कर्णाली प्रदेश सरकारमा मन्त्रीका लागि नेकपा माओवादी केन्द्र र नेकपा एमालेले टुङ्गो लगाएको छ ।
नेकपा माओवाद केन्द्रका तर्फबाट मुख्यमन्त्री राजकुमार शर्मा, मंगल बहादुर शाही भौतिक पूर्वाधार उर्जा तथा जलस्रोत मन्त्री, कृष्ण जिसि आन्तरिक मामिला तथा कानून मन्त्री, सल्यानका भीम प्रकाश शर्मा भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री बन्ने भएका छन ।
यस्तै नेकपा एमालेको तर्फबाट विनोदकुमार शाह आर्थिक मामिला तथा योजनामन्त्री, टेकराज पछाई सामाजिक विकासमन्त्री, जित बहादुर मल्ल उद्योग पर्यटन वन तथा वातावरण मन्त्री बन्ने भएका छन ।
नवनियुक्त मन्त्रीहरूको आजै शपथ ग्रहण गर्नेगरी तयारी थालिएको छ ।