माघ ०५, काठमाडौं – प्रतिनिधिसभाको सभामुखमा सत्तारूढ गठबन्धनतर्फका उम्मेदवार देवराज घिमिरे निर्वाचित भएका छन् । आजको संसद् बैठकमा कुल २६८ जना सांसद उपस्थित रहेको थियो ।
प्रतिनिधिसभाको आजको बैठकमा भएको निर्वाचनमा घिमिरेले १६७ मत पाए । त्यस्तै, उनको विपक्षमा १०० मत र मत दिन्न भन्नेमा १ मत परेको छ ।
सभामुखको उम्मेदवारमा नेकपा एमालेका देवराज घिमिरे र नेपाली कांग्रेसका ईश्वरीदेवी न्यौपानेको उम्मेदवारी परेको थियो ।