माघ ०४, सुर्खेत – आज भएको कर्णाली प्रदेश सभाको उपसभामुख पदमा उम्मेदवारी दिएकी नेकपा (माओवादी केन्द्र)कि मा.यशोदा न्यौपाने कर्णाली प्रदेश सभाको उपसभामुख पदमा निर्वाचित भएकी छिन् ।
४० सदस्यीय प्रदेश सभामा कुल ३८ मत खसेको थियो । उनको पक्षमा २४ मत खस्दा उनको विपक्षमा रहेकी नेपाली काङ्ग्रेसकि मा. इन्द्रा कुमारी शाहीलाई १४ मत खसेको थियो ।
उनको पक्षमा बहुमत सांसदले मतदान गरेपछि सभामुख नन्दा गुरुङ्गले उनको प्रस्ताव बहुमतले स्वीकृत गरेको घोषणा गरेकी हुन ।