पुस १४ काठमाडौ – नयाँ सरकार आएसंगै नयाँ गृहमन्त्री पाएकाे गृहमन्त्रालयले सुरक्षा निकायलाई कडाइका साथ निर्देशन दिइरहेकाे छ।

बिहीबार सुरक्षा अधिकारीलाई पूर्वअनुमति लिएर मात्र कूटनीतिक अधिकारी र नेतालाई भेट्न निर्देशन दिएको भन्दै गृहले एक सुचना मार्फत निर्देशन दिएको छ।

मनाेमानी रुपमा विभिन्न दलका राजनीतिक दलका नेता र कूटनीतिक अधिकारीलाई भेटघाट गर्ने गरेको पाइएको भन्दै कर्तव्यपालना बाहेकको अवस्थामा भेटघाट गर्नु परे प्रयाेजन खुलाएर विभागीय स्विकृति लिएर त्यस्ता भेटघाट गर्न निर्देशन दिएको छ।

अनेथा निर्देशन अटेर गरे अनुशासनको कारबाही गरिने समेत गृहले चेतावनी दिएको छ ।

प्रकाशित मिति : २०७९ पुष १४ गते बिहिवार