पुस १० रोल्पा – द्वन्द्वकाे उदगम थलाे मानिने राेल्पा जाे भु-बनावटमा विकट मानिए पनि नेपाली राजनिती रुपमा सत्ता पेरिफेरि नै नजिक छ।
पञ्चायती व्यवस्था ताका संचालनमा आएका जिल्लाकै गौरवकाे याेजना मध्ये बडाचौर विमानस्थल पनि एक हाे। विडम्बना संचालनमा आएकाे केही वर्षमै नेपाली राजनितीमा आएकाे उथलपुथलकै बहानामा उक्त विमानस्थल अहिलेसम्म पनि थलिएकाे छ।
लुङ्ग्री गाउँपालिकामा पर्ने बडाचौर स्थित उक्त विमानस्थल २०३६ सालदेखि सञ्चालनमा ल्याइएकोमा जसाेतसाे वि.सं. २०४६ सम्म सञ्चालनमा आएको र पछिल्लो समय वि.सं. २०४८ पछिबाट पुर्णरुपमा उडान बन्द भएसंगै हिजाेआज गौचरनमा परिणत भएको छ। जहाँ द्वन्द कालिन समयमा बनाएका बङकरका डाेब बाहेक विमानस्थलकाे पहिचान दिने कुनै नमुना समेत अहिले देखिदैन।
तत्कालीन पर्यटन तथा नागरिक उड्डयनमन्त्री बालाराम घर्तीमगरको पहलमा विमानस्थलबाट डाेल्पा, भैरहवा, काठमाडौं, पोखरामा उडान हुने गर्दथ्यो। विमानस्थल २०५२ सालदेखि सुरु भएको सशस्त्र द्वन्द्वकाे समयमा तत्कालीन नेकपा (माओवादी)ले विमानस्थलमा भएका संरचना भत्काएपछि झनै विमानस्थल अलपत्र परेको हाे।
जिल्ला सदरमुकाम लिबाङ सहित जिल्लाकाे दाेस्राे व्यापारिक केन्द्र सुलिचौर बजारसम्म यातायातका साधनहरु संचालनमा आएपछि नेपाल वायु सेवा निगमले पुर्णरुपमा उडान कटौती गरिदएपछि पुन:संचालनका जिल्लाबाट सिंहदरबार सम्म प्रतिनिधित्व गर्नेहरुले बेवास्ता गरेकै कारण विमानस्थल गौचरनमा परिणत भएको हाे।
स्थानीयहरुकाे दबाबका कारण विमानस्थल सञ्चालनका लागि पटक-पटक सर्वदलीय र सर्वपक्षीयरुपमा सिंहदरबार सामान्य रुपमा आवाज उठाएकाे नाटक गरे पनि सत्ता पहुँचमा भएका नेतृत्वले गम्भीर रुपमा नलिदा विमानस्थल काम नलाग्ने गरि विक्षिप्त भएको स्थानीय बताउछन्।
उसाे त राेल्पाबाट नेपाली राजनीतिमा प्रतिनिधित्व गर्ने नेतृत्वहरु पटकपटक आलापालाे सरकारका मुख्मुख्य अंगमा रहदै पछिल्लो संघीय संरचना अनुसार तीन तह सरकार वर्गिकरण भएको अवस्थामा स्थानीय सरकारले समेत उक्त विमानस्थल संचालनका लागि कुनै ध्यानदिएको देखिदैन।
राेल्पाबाट प्रतिनिधित्व गर्ने मध्येका एक हुन नेकपा माओवादी केन्द्रबाट कृष्णबहादुर महरा उनी पटकपटक पटकपटक मन्त्री हुदा समेत विमानस्थलबारे उनकाे चासाे गएन। महरा सूचना तथा सञ्चार मन्त्री, गृहमन्त्री, प्रतिनिधि सभा सभामुख भएका थिए पटकपटक सत्ताकै वरिपरि घुमिरहेका महराबाट विमानस्थल टाढा नै रह्याे।
त्यस्तै माओवादी केन्द्रबाटै प्रतिनिधित्व गर्ने अर्का पात्र हुन वर्षमान पुन उनी पनि पटकपटक मन्त्री नै भए। पुन शान्ति तथा पुननिर्माण मन्त्रालय हुँदै अर्थमन्त्री र उर्जा, जलस्राेत तथा सिँचाइ मन्त्रीसम्म भए तर पुनबाट पनि उक्त विमानस्थल मुखदर्शक मात्रै बन्याे। पुन अहिले पनि प्रतिनिधि सभा सदस्यमा राेल्पाबाट निर्वाचित भएका छन। पुनकि धर्मपत्नी ओनसरी घर्ती समेत सत्ता वरिपरि घुमेकि र बलियाे पहुँच भएकि महिला नेतृ हुन उनी प्रतिनिधि सभा सभामुख समेत भइन तर सत्ताकाे रजगज भित्र गुम्मसिएका पुन दम्पती नै गृह जिल्लाकाे ऐतिहासिक संरचना गुमिसक्दा समेत बेखबर जस्तै छन।
माओवादी केन्द्रकै अर्का नेता हुन नन्द किशाेर पुन उनी अहिले पनि उपराष्टपतिमा बहाल छन। पुनले पनि उक्त विमानस्थलबारे कुनै चिन्ता र चासाे देखाएकाे अहिलेसम्म पाइएन।
यी माओवादी केन्द्रबाट प्रतिनिधित्व गरेका र सत्ताकाे मुख्यमुख्य रसमा पटकपटक डुबेका प्रतिनिधि मुलक पात्रहरु हुन। यी बाहेक नेपाली कांग्रेस र एमालेबाट राज्य मन्त्री र संसद सम्म पुगेका दर्जनौं पात्र छन उनीहरुले आफ्ना निकट र खाइपाई भन्दा बाहिरका क्षेत्रलाई ध्यानमा नराख्ने प्रवृत्तिकै कारण उक्त विमानस्थल पछि धकेलिएको अनुमान सहजै लगाउन सकिन्छ
पछिल्लो समय एक जिल्ला एक विमानस्थलकाे अवधारणा जस्तै लक्ष्य लिएर विभिन्न जिल्लामा नयाँ विमानस्थल निर्माणका लागि अन्य जिल्लाहरु अध्ययन र निर्माण प्रक्रियामा अघि बढिरहेका बेला भने राेल्पामा संचालनमा भएको विमानस्थल बन्द हुनु र सरकारमा पहुँचवाला नेतृत्व हुदा समेत विमानस्थल गौचरनमा अलपत्र हुनु विडम्बना हाे।
याे विमानस्थल संचालन भएमा मुख्य गरि जिल्लामा पर्यटनका हिसाबले फाइदा देखिन्छ। पर्यटकीय तथा धार्मिकस्थल जलजला, प्युठानकाे स्वर्गद्वारी र बागलुङकाे पश्चिम क्षेत्रमा पर्ने ढोरपाटन सिकार आरक्ष सम्म आउने आन्तरिक तथा बाह्य पर्यटकहरुकाे सहज आवागमनकाे गन्तव्यका रुपमा पनि याे विमानस्थल मानिन्छ। तस्बिर: सामाजिक संजालबाट