पुस ६ काठमाडौ – नेपाली कांग्रेस संसदीय दलको नेतामा प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा भारी मतान्तरले निर्वाचित भएका छन् ।
बिहान ८ बजेदेखि १० बजेसम्म भएको मतदानबाट प्राप्त मतपरिणाम अनुसार संसदीय दल निर्वाचनमा गगन थापालाई ३९ मतकाे अग्रताका साथ देउवा विजयी भएका हुन। निर्वाचन समितिका संयोजक भीष्मराज आङ्देम्बेका अनुसार देउवाले ६४ भोट ल्याउँदा गगनले २५ भोट प्राप्त गरेका छन् ।