पुस ५ काठमाडौं – दलहरुलेे धमाधम आफ्ना दलहरुका संसदीय दलकाे नेता चयन गरिरहेकाे अवस्थामा नेपाली कांग्रेसमा आन्तरिक प्रतिस्पर्धा हुदै छ।
संसदीय दलकाे नेताका लागि नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा र महामन्त्री गगनकुमार थापाले उम्मेदवारी दिएका छन। निर्वाचन बुधबार बिहान ८ बजे देखि १० बजेसम्म हुनेछ।
प्रधानमन्त्री समेत रहेका पार्टी सभापति देउवाले संसदीय दलको नेताका लागि दिएको उम्मेदवारी फिर्ता लिएर ऐतिहासिक निर्णय गर्न महामन्त्री थापाले आग्रह गरेका छन्। संसदीय दलको कार्यालय सिंहदरबारमा पुगेर उम्मेदवारी दर्ता गराएपछि थापाले प्रधानमन्त्री देउवाले उम्मेदवारी फिर्ता लिनेमा आफू विश्वस्त रहेको समेत बताए।
जनताले खोजेको प्रतिनिधिलाई संसदीय दलमा जिताउन भन्दै थापाले कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई पनि संसदीय दलको नेताको चुनाव नेपाली काँग्रेसको भविष्य र अपेक्षासँग जोडिएकाे हुदा पार्टीको भविष्य प्रति गम्भीर हुन समेत आग्रह गरेका छन। देउवाकाे प्रस्तावकमा वरिष्ठ नेता पौडेल छन।
थापाको प्रस्तावकमा डा. शेखर कोइराला रहेका छन् भने समर्थकमा महामन्त्री विश्वप्रकाश शर्मा, नेता प्रदीप पौडेल र उपसभापति धनराज गुरुङ छन्।
निर्वाचन अगावै प्रधानमन्त्रीकाे दावि गरिरहेका थापाले राम्रो जनमतका साथ विजयी भएपछि झन कडा रुपमा प्रधानमन्त्रीकाे दौडमै छन। अहिले पनि पार्टी सभापति देउवालाई देशले मागेकाे अवस्था र जनमतको कदरलाई पनि गम्भीर रुपमा लिन आग्रह गरिरहेका छन।