पुस ५, सल्याज – सल्यानमा यात्रुबाहक बस दुर्घटना हुदा ११ जना घाइते भएका छ्न् ।

जिल्लाको शिद्वकुमाख गाउँपालिका वडा नं.१ पटारे बजार नजिक शारदा यातायात सेवा प्रा.लि द्वारा संचालित ना ८ ख २५३ नम्बरको बस दुर्घटनामा परि ११ जना यात्रु घाइते भएका हुन् ।
घाइते हुनेहरुमा छ्त्रेश्वरी गाउँपालिका १ दमाचौरका ३८ वर्षिय भद्रविर खत्री, त्रिबेणि ६ लुहामकि ४० वर्षीय टीका नेपाली, सिद्धकुमाख ३ ढोरचौरकि २३ वर्षिय तुलसा देबकोटा, त्रिवेणी गाउँपालिका ६ कि ५१ वर्षिय मायादेवी नेपाली, शारदा नगरपालिका ६ का ३० वर्षीय खुमलाल केसी, छ्त्रेश्वरी २ दहखोलाका ३७ वर्षीय चिरञ्जीवी खड्का रहेको छन् ।
यसै गरि सोही घटनामा परि छ्त्रेश्वरी १ काल्चेकि ६३ वर्षिय चम्फादेबी शर्मा, सोही ठाउँका ३५ वर्षिय नारायण प्रसाद हमाल, शारदा नगरपालिका १५ स्यानिखालका १९ वर्षिय प्रवेश बोहरा, सिद्धकुमाख गाउँपालिका १ बाझकाँडाका ३९ वर्षीय, राजेन्द्र कुमार चलाउने र छ्त्रेस्वरी २ का २४ वर्षिय भुपेन्द्र चन्द रहेका छ्न ।
घाइतेहरुको कान्तिपुर सामुदायिक हस्पिटल श्रीनगरमा उपचार भइरहेको र २ जना बिरामीलाई नेपालगन्ज रिफर गरिएको अस्पतालका संचालक सागर पाण्डेले बताए ।
सल्यानको दमाचौरबाट दाङ तुलसीपुर जादै गरेको उक्त बस दुर्घटनाकाे कारण अझै नखुलेको र अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

प्रकाशित मिति : २०७९ पुष ५ गते मङ्गलवार