पुस ५ काठमाडौ – स्थानीय तहकाे निर्वाचनमा पराजित भएकि युवा नेतृ सांसद बनेकि छन।
सल्यानकाे दार्मा गाउँपालिका ४ भलचौरको गलातकि २८ वर्षीया अनिषा नेपाली सल्यानबाट पहिलाे महिला सांसद समेत बनेकि छन।
राष्ट्रिय प्रजातन्त्र पार्टीमा स्थानीय नेताका रुपमा मात्रै परिचित नेपाली दुई पटक स्थानीय निर्वाचनमा पराजित भएकि थिइन। राप्रपाकाे दार्मा गाउँ कार्य समित अध्यक्ष रहेकि नेपालीलाई राप्रपाले २०७४ र ०७९ को स्थानीय निर्वाचनमा दार्मा गाउँपालिका अध्यक्षमा टिकट दियाे तर दुई पटक नै उनी पराजित भएकी थिइन्।
नेपालीकाे विगतकाे राजनितीक यात्रा लामाे भने छैन। उनी करिब २०७०/०७१ साल यता मात्रै राजनीतिमा प्रवेश गरेको भएपनि स्थानीय नेता भन्दा बाँकी खास राजनिती सङघर्ष नरहेको राप्रपा सल्यानका अध्यक्ष नेत्रलाल श्रेष्ठले बताए।
त्यस्तै अर्कि युवा नेतृ हुन राेल्पाकि ईश्वरी जिएम। नेकपा एमालेकी सबै भन्दा कान्छी केन्द्रीय सदस्य जीएम समानुपातिक सांसद बनेकी छन्।
३३ वर्षीया जिएमकाे राजनितीक विगत यात्रा भने लामाे छ। अहिले उनि केन्द्रीय सदस्य र रोल्पा जिल्ला सह—ईन्चार्ज हुन्। ०४६ साल फागुनमा रोल्पाको नुवागाउँमा जन्मिएकी उनी विद्यार्थी राजनीतिबाट परिचित छन। ०६२ सालदेखि अनेरास्ववियू—एमालेकाे सक्रिय राजनितीमा छन।
२०७४ काे स्थानीय तह निर्वाचनमा उनी उम्मेदवार हुन चाहे पनि टिकट पाइनन। माओवादीकाे आधार इलाका मानिने रोल्पामा तत्कालीन माओवादीको सशस्त्र द्वन्द्व उत्कर्षमा पुगेको बेला अनेरास्ववियूमा जिएम आबद्ध भएकी थिइन्। शान्ति प्रक्रियापछि उनले विद्यार्थी राजनीति छाडेर केही समय पत्रकारिता गरिन्।
प्रेस चौतारी रोल्पा शाखाको अध्यक्ष, नेपाल पत्रकार महासंघ रोल्पा शाखाको सचिव समेत भइसकेकी जीएम पत्रकारिता छाडेर फेरि पूर्णकालीन राजनीतिमा फर्किएकि थिइन।
जीएमले एमाले जिल्ला कमिटी रोल्पाको दुई कार्यकाल सदस्य र लुम्बिनी प्रदेश संगठन कमिटी सदस्य भएर काम गरिन्। उनी नेकपा (एमाले)को दशौं राष्ट्रिय महाधिवेशनबाट ३२ वर्षकाे उमेरमै केन्द्रीय सदस्य निर्वाचित भएकि थिइन।