नेपाल पत्रकार महासंघ जिल्ला शाखा सल्यानको छैटौं वार्षिक साधारणसभाको छैठौं साधारणसभाको उद्घाटन सत्र सम्पन्न भएको छ ।                                                                          आज छैटौं वार्षिक साधारणसभाको उद्घाटन नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश अध्यक्ष देबिराम देवकोटाले सल्यान खलंगामा उद्घाटन गरेका हुन । छैठौं वार्षिक साधारणसभा अवसरमा महासंघले २ जना जिल्लामा कृयासिल पत्रकारलाई सम्मान गरेको छ । महासंघ सल्यान शाखाले विशेष पत्रकारको रुपमा खकेन्द्र केसीलाई र बर्ष उत्कृष्ट पत्रकारको रुपमा बुद्धि पुनलाई सम्मान गरेको छ । केसी लेकाली अनलाइनका संचालक तथा सम्पादक हुनु भने पुन सल्यान टुडेका सम्पादक एवं रेडियो राप्ती एफ एम मा समाचार प्रमुखको भुमिकामा छन ।

सल्यान शाखा अध्यक्ष नबिन पौडेलको अध्यक्षतामा सुरु भएको उद्घाटन सत्रलाई अतिथिहरुले शुभकामना मन्तव्य दिदै पत्रकारितालाई संख्यामा भन्दा पनि पत्रकारिताको धर्म र मर्मलाई जोगाउन गुणात्मक तरिकाले सल्यानी पत्रकारले आफ्नो कार्य गर्नुपर्नेमा जोड दिनु पर्ने बताएका छन । कार्यक्रममा पत्रकार महासंघ कर्णाली प्रदेशका महासचिव खगेन्द्र भट्टराई, सल्यान प्रदेशसभा (क) का सांसद माननीय भिम प्रकाश शर्मा, प्रदेशसभा (ख) का सांसद माननीय सुरेश अधिकारी, प्रमुख जिल्ला अधिकारी विपिन आचार्य लगायतको उपस्तिथि रहेकोे थियो । अहिले बन्दसत्र सुरु भएको महासंघ सल्यानका अध्यक्ष नबिन पौडेलले जानकारी दिए ।

प्रकाशित मिति : २०७९ पुष ४ गते सोमवार