पुस ३ काठमाडौ – नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ र कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुन बिच आज आइतबार भेटवार्ता भएको छ ।

भेटमा संसदीय दलको निर्वाचनको बारेमा छलफल भएको पुनकाे सचिवालयले जनाएको छ ।
सभापति पुनले संसदीय दलको नेतृत्वको लागि संस्थापन इतर समूहबाट साझा उम्मेदवार बनाएर अगाडि बढ्न आग्रह गरेका छन ।

साझा उम्मेदवार दिन सकेमा मात्र समूह र कांग्रेस बच्नेमा सभापति पुनले जोड दिएका छन । उनिहरू बिचमा राष्ट्रिय राजनीति, संघ र प्रदेश सरकार गठन लगायतका विषयमा छलफल भएको पुनको सचिवालयले जनाएको छ ।

इतर समूहबाट डा. शेखर कोइराला र महामन्त्री गगन थापा संसदीय दलको नेतामा प्रतिस्पर्धा गर्ने तयारीमा छन् ।

प्रकाशित मिति : २०७९ पुष ३ गते आइतवार