मंसिर २० दाङ – तत्काल प्रदेश राजधानी दाङ नसार्न दबाब भइरहेका बेला साेमबार राति नै अस्थाई मुकाम बुटवलबाट रातारात मुख्यमन्त्री कार्यालय, सचिवालय कार्यालय र मन्त्रिपरिषदको कार्यालयका फर्निचर लगायत सामान ल्याएर मुख्यमन्त्रीकाे बुटवल स्थित अस्थायी मुकाम बन्द गरेर मुख्यमन्त्री कुलप्रसाद केसी दाङ आएका हुन।

साेमबार राति करिब साढे १० बजेतिर बुटवलबाट तीन वटा ट्रकमा सामान लोड गरी दाङ ल्याइएको हाे। अहिले तत्काल राजधानीका लागि स्थायी पुर्वाधार नभएको र तयारी भइरहेका बेला राजधानी सार्न उचित नहुने हुदा तत्कालका लागि त्यसाे नगर्न समेत गृहमन्त्री बालकृष्ण खाँणले मुख्यमन्त्री कुलप्रसाद केसीलाई टेलिफोन मार्फत यसअघि नै निर्देशन दिएका थिए भने यता नेपाली कांग्रेस रुपन्देही, एमाले रुपन्देही र एमालेबाट प्रदेश सभा सदस्यमा निर्वाचित चार सांसद लिला गिरी, भूमिश्वर ढकाल, भोजप्रसाद श्रेष्ठ र तुल्सीप्रसाद चौधरीले पनि प्रेस विज्ञप्ति जारी गर्दै नयाँ बन्ने सरकारको कार्यक्षेत्रमा हस्तक्षेप हुने गरी निर्वाचनको अन्तिम नतिजा नआउँदै मन्त्रालय सार्ने काम तुरुन्त रोक्न माग गरेका थिए ।

अब कार्यालय दाङ आएसंगै मंगलबार आज देखि नै मुख्यमन्त्री कार्यालकाे सम्पूर्ण काम देउखुरीबाट गरिने भएको छ भने नवनिर्वाचित लुम्बिनी प्रदेशसभाका संसदलाई सपथ ग्रहण तथा बैठक स्थायी राजधानी देउखुरीमा निर्माणकाे अन्तिम चरणमा रहेकाे संसद भवनमा गर्ने तयारी गरिएको छ। अब आन्तरिक मामिला मन्त्रालय, अर्थ मन्त्रालय र काेष लेखा नियन्त्रण कार्यालय पनि याे साता भित्र स्थायी राजधानी दाङ देउखुरीमा ल्याउने तयारीमा मुख्यमन्त्री केसी छन।

प्रकाशित मिति : २०७९ मङ्सिर २० गते मङ्गलवार