मंसिर १७ सल्यान – एकीकृत अखिल नेपाल शिक्षक संगठनकाे केन्द्रीय सम्मेलन र जिल्ला सम्मेलनकाे पूर्व सन्ध्यामा सल्यानमा नगर सम्मेलन र गाउँ सम्मेलनलाई तिव्र रुपमा विस्तार गरिदै लगिएको छ ।

यसै क्रममा शनिबार एकैदिन जिल्लाका दुईवटा पालिकामा संगठन विस्तार गरिएको छ । जसअनुसार बागचाैर नगरपालिका र दार्मा गाउँपालिकाका सम्मेलनहरू सम्पन्न भएका छन् ।

दाेस्राे बागचाैर नगर सम्मेलनले नरेशकुमार केसीकाे अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्यसमिति गठन गरेकाे छ। जसकाे वरिष्ठ उपाध्यक्षमा मुक्तिनाथ शर्मा, महिला उपाध्यक्ष पार्वता खडका, सचिव लाेकेन्द्र बुढाथोकी र काेषाध्यक्ष दिपेन्द्र वलीलाई चयन गरिएको छ। त्यस्तै उता तेस्रो दार्मा गाउँ सम्मेलनले पनि कवि कुमार चन्दकाे अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्य समिति चयन गरेकाे छ । जसकाे वरिष्ठ उपाध्यक्षमा दिपक शर्मा, उपाध्यक्ष भाेपाल खडका, महिला उपाध्यक्ष सावित्री मल्ल, सचिव कमल बहादुर थापा र काेषाध्यक्षमा अमर मल्ल चयन भएका छन ।  सम्मेलनका क्रममा दार्मा गाउँ सम्मेलनमा नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला कमिटी सल्यानका काेषाध्यक्ष समेत रहेका प्रताप कुमार चन्द उक्त संगठन परित्याग गरी एकीकृत अखिल नेपाल शिक्षक संगठनमा प्रवेश गरेका छन ।

नेकपा माओवादी केन्द्रका पाेलिटब्युराे सदस्य तथा पूर्व मन्त्री टेकबहादुर बस्नेतकाे प्रमुख आतिथ्यमा सञ्चालित फरकफरक दुई नगर कमिटी र गाउँ कमिटीहरू सम्पन्न गरिएको हाे । नव प्रवेशिका चन्दलाई प्रमुख अतिथि टेकबहादुर बस्नेत , दार्मा गाउँपालिका अध्यक्ष निमबहादुर केसी `अरुण´ विशिष्ट अतिथिद्वय प्रदेश सभा सदस्य भिमप्रकाश शर्मा र एकीकृत अखिल नेपाल शिक्षक संगठनका केन्द्रीय परिषद् सदस्य डा.पूर्णबहादुर भण्डारीले माला र टिकाले स्वागत गरेका थिए ।

प्रकाशित मिति : २०७९ मङ्सिर १७ गते शनिवार